
र्सवप्रथम नेपाली राशीफल बेवसाइटमा यहाँहरुलाई हाम्रो तर्फ बाट हार्दिक स्वागत गर्न चाहन्छौ । सूचना र प्रविधिको क्षेत्रमा नेपाल पनि अगाडी लम्किरहेको कुरा हामीहरु सबैलाई र्सवविदितै छ । आजको युगमा सञ्चार अनि प्रविधिको युग हो । आज हामी आफ्नो हरेक बस्तु इन्टरनेटको सहायताले उपलव्ध गराउन सक्षम भएका छौ । त्यसैको फलस्वरुप हामीले यो साइटको निर्माण गरेका छौ ।
नेपाली राशीफल वेबसाइटमा तपाई आफ्नो राशीफल हेर्न सक्नु हुनेछ, जुन प्रत्येक दिन नवीकरण गरिएको हुनेछ । हामी तपाईको राशीफल नेपालका ख्याती प्राप्त ज्योतिष श्री रामहरी खकुरेल ज्यू बाट प्राप्त हुने राशीफल विवरणलाई प्रकाशित गर्ने छौ ।
यहाँहरुको सुविधाको लागी हामीले दैनिक राशीफल, मासिक राशीफल, वाषिर्क राशीफल उपलब्ध गराएका छौ । यहाँहरु आफ्नो चिना, जन्मकुण्डली, जन्मपत्रिका, शुभ साइत हेराउन वा बनाउन सक्नुहुनेछ । यहाँहरुको हरेक समस्या हामी समाधान गर्ने छौ । ज्योतिष श्री रामहरी खकुरेल नेपालका ख्याती प्राप्त ज्योतिष हुनुहुन्छ । वहाँले विभिन्न मासिक तथा अन्य पत्रपत्रिकाहरुमा स्तम्भकार ज्योतिष रुपमा काम गरिसक्नुभएको छ ।