आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

वृश्चिक
वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु

जीवन फल

तपाई आफ्नो जीवनमा हुने रोजगार, स्त्री र परिवारसम्बन्धी झन्झट एवं दुःखमा पनि स्थिर हुनुहुन्छ । शरिरको अन्य रोगले तपाई दुःखी हुनुहुन्छ । रगतको खराबी, चर्मरोग, पेट, पीठ, गोडा, आँखाको कुनै विमारीले प्रायः दुःखी हुनुहुन्छ । परिवारमा ब्रि्रह, झगडा र पर्ढाई लेखाइको काममा अवरोध पर्नेछ । कम सफलता मात्र मिल्नेछ । मानसिक अशान्ति हुनेछ । तपाई आफ्नू जिन्दगीमा कसरी मथा आनन्द होला भन्ने विचारमा हुनुहुन्छ । छोटो छोटो यात्रा ज्यादा भई रहनेछ । भोगविलासको प्रबल शक्ति रहन्छ । कुनै ठाँउमा नाजायजी फाइदा हुन सक्छ । स्वामी मंगल, ब्राहम्मण वर्णजलतत्व स्थिर संज्ञा हो । शीतल स्वभाव, शान्त प्रकृति, व्यापार एवं वार्तालाप गर्न चतुर हुनुहुन्छ । देवी देवताके विशेष भक्त, आफ्नो मित्रहरुमा र्सव गुणले सम्पन्न, परदेश यात्रामा सफल, दान र परोपकार गर्ने रुचि राख्ने ।

वाल्यवस्थामा अनेक कष्टको सामना गर्नुपर्ने, क्रोधित विचारधारा, शूरो तथा दुश्मन विजय प्राप्त गर्ने, अनेक स्त्रीसँग सर्म्पर्क राख्ने, अभिमानी, कठोर सिद्धान्त अपनाउने तपाई हुनुहुन्छ । तपाई सन्तान, मान प्रतिष्ठा घर जायजेथा, व्यापारमा लागि चिन्तित रहनुहुन्छ । तपाईको त्यागी मन गृहस्थ जीवनको लागी हुनेछ  । केही उत्ताउलोपन रहला । भाग्यअनुसार उत्तराधिकारी अथवा आकस्मिक सम्पत्तिको प्राप्ति हुनेछ । गुप्त हिम्मत, साहस र मिहेनतमा प्रतिष्ठा, यश इज्जत, धन, दौलत, जमीन, जायजेथा प्राप्त हुनेछ । जिन्दगीको आनन्ददायी, खेलवाडको तपाई बहुत कमी महसुस गर्नुहुन्छ । केहीकेही समय उन्नतिको तहबाट तल खस्न पनि पर्नेछ । आफ्नू जिन्दगीमा अधिक धन कमाएर पनि कुनै व्यवसायबाट स्वाहा हुन सक्छ । कही कही पापी मनुष्यको साथ रहनुपर्नेछ । तपाईको सर्म्पर्क कुनै दरिद्री  व्यक्तिसँग रहनेछ । यिनमा झगडा, झन्झट वादविवाद कलह र धन हानि हुनेछ । तपाईको केही सहयोगीले धोका दिनेछन् । पति पत्नी बीचमा प्रायः केही न केही बिरामी या चिन्ता रहनेछ । शान्तिपूर्वक एकान्तमा रहने र आफ्नो कार्य पर्न प्रसन्न रहनुहुन्छ । जहाँसम्म मेष, कर्कट, सिंह, धनु, मीन राशिवाला मानिससँग मित्रता गरे लाभ हुनेछ ।

प्रतिवर्षमे महिनाको १,५,१५,२८ तारिख तथा शुक्रबारमा दिन तपाईको लागी हमेशा खराब हुनेछ । तपाईको जीवनमा अनेक प्रकारको रोग र बिरामीको नोक्सानी व्यहोर्नु पर्नेछ । कर्जाको लेनदेन, ज्यादा जारी रहनेछ । नोकरी या व्यापारबाट कष्ट हल होला । कुनै धोखावाजीको भुमरीमा फसेर बदनामी र नोक्सानी सहनुपर्नेछ । कानूनी झन्झटमा पनि फस्नुपर्नेछ । निजी घर बेच्ने, बनाउने गर्दा कुनै लाभ प्राप्त होला । नोकरीले रोजगार अधूरो हुनेछ । अनाज, कपडा, लोहा, काठ वा सौर्न्दर्य श्रंगारको कारोबार गरे ज्यादा लाभ होल । खर्च गर्नको शक्ति बराबर रहनेछ । छिटोछिटो सानो सानो यात्रा धेरै गर्नुपर्नेछ । ढिलो ज्यादा मिहेनतले मात्र सफलता मिल्नेछ । एकबखत शरिरको कुनै अंग चिरफार, अपरेशन गर्नुपर्ने सम्भावना छ । वृश्चिक राशि हुनु नै तपाईको कुटुम्ब परिवारको प्रेम प्रेरणा पाउनु तपाईको मुख्य कारण हो । तपाईको पुरुषार्थ ज्ञान, बुद्धि, ताकत, आफ्नो कुटुम्ब समाज वा देशको प्राणिको सेवामा संलग्न रहनुहुनेछ । तपाईको हृदयमा राष्ट्र, विद्या, राष्ट्र  धर्म, संस्कृति र स्वाभिमान जागृत होला । तपाई रोगी, सुखी, गम्भीर एवं साहसी हुनुहुन्छ । उदार व्यवहार, चिकित्साको काममा रुचि, स्त्रीसँग अनुरक्त रहने गुप्तरुपले बदला लिने, मानिसका जालमा फस्नुपर्ने तदनुसार असन्तुष्ट हृदय र अस्वस्थ मन रहनेछ । नीलो, पहेँलो रंगको वस्त्रादि पदार्थ तपाईको लागी अनुकुल हुनेछैन । जीवनको उत्तर्रार्द्धमा राजमान धनलाभ, धनागम अधिकार प्राप्त होला । सुवर्णत्नको लाभ एवं कार्यसिद्धि हुनेछ । परन्तु आचार विचारको अभाव, त्यस्तै मासिको संगतले रोगले पीडा तथा अधिक खर्चको योग छ । जीवनको विशिष्ट आशा पूर्णतया प्राप्ति हुनेछ ।

स्वभाव र चरित्र

यो राशिको स्वामी मंगल हो । यो राशिका मानिसहरु राम्रा बुद्धि भएका, शूरा हिम्मति, शक्ति प्रवल, चेष्टा भएका, चलाख, चिरविरे खालका हुन्छन् । यिनीहरु व्यावहारिक जीवन व्यक्तित्व पर्ूण्ा भएका हुँछन् । यिनीहरु कठोरबाट जोगिन बडो सावधानी अपनाँउछन् । शत्रुहरुसँग बदला लिन दत्तचित्त हुन्छन् । यिनीहरु कडा स्वभावका हुन्छन् र कसैको धाक धम्मीबाट पनि पछि हट्दैनन् ।  शत्रु शरणार्थी हुन आएमा सहायता पनि गर्ने हुन्छन् । यिनीहरु र्समर्थवान् हुने हुँदा कुनै दिन अर्समर्थ भए पनि बाहिर हिम्मतै देखाउने हुन्छन् । खुला हृदयका त यिनीहरु सागर नै हुन् । यिनीहरु विशाल काममा पनि तत्पर रहन्छन् । त्यस कामको विशेषज्ञ पनि हुन सक्छन् । लडाँइ झगडामा तत्पर रहन्छन, पराक्रमी, साहसी, कर्कश ज्यादा बोल्ने हुन्छन् । यिनीहरु आफ्नो भविष्यको चिन्ताको लागि प्रायः जो सुकैले पनि कष्ट भोग्नुपर्ने हुन्छ । भविष्यमा हुने शिक्षानीतिको लागि क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने हुन्छन् । स्वतन्त्रता यो राशि भएकाहरुको लागि जन्मसिद्ध अधिकार भनी सम्झन्छन् ।

प्रेम सम्बन्ध

यो राशि हुनेको प्रेम सम्बन्ध भलिभाँति हुन्छ । यिनीहरु एकान्तप्रेमी हुन्छन् । कुनै प्रेम सम्बन्धम भ्रमण गर्ने, अरुमाथि विश्वास नगर्ने, नाजायजी स्त्रीमा प्रेम गर्ने वा लोभिने गुण हुन्छ । यिनीहरुको विलासी स्वभावले गर्दा प्रेममा चुर्लुम्म डुब्ने हुन्छन् । यिनीहरु प्रेममा कहिले माथि चढाउने कहिले तल खसाउने हुन्छन् । साथीहरुलाई उपदेशको व्यवहार पनि गर्दछन् । रहस्यमय प्रेम यिनका लागि राम्रो हुन्छ । यिनीहरु बडो शंका उपशंका गर्ने पनि भएका हुन्छन् र कही बाधा अर्चना पनि आँउछ । दाम्पत्य घरेलु जीवनमा झगडा, हेला पनि हुन सक्छ । यिनीहरु सिंह राशि भएका व्यक्तिहरुसँग वुद्धिमानी तरिकाले उनीहरुको मन जितेर आफ्नो प्रेमजालमा खुसीसाथ राख्न सफल हुन्छन् । धनु र कुम्भसँगको प्रेम भने मध्यमै नै रहनन्छ  । अन्य संग भने साधारण रहनेछ । यो राशि भएका व्यक्तिहरु समलिंगी प्रेमी पनि हुन्छन् । यो राशि भएका व्यक्तिहरु अचानक कसैको प्रेममा फसे भने उनीहरुले कष्ट सहनुपर्ने हुन्छ ।

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग

मेष राशिको वृश्चिक राशिसँग सम्बन्ध ठीक हुनेछैन । जीवनका महत्वपूर्ण प्रसंगमा यी दुइ राशि विवादग्रस्त र आ-आफ्नो ढिपीमा अडान लिने हुन्छन् । आपसी सम्बन्धमा विद्रोही एवं अन्यायको सिर्जना हुनेछ र राशि स्वामी एउटै ग्रह अर्थात् मंगल ग्रह हुनाले  सन्तुलन र सहनशीलताको अभाव हुनेछ । अज्ञानको सम्बन्ध भएमा परस्पर आपसमा प्रहार हुँदै रहँला । एकले अर्काकालाई सानो देख्ने छन् । । मेष पुरुष र वृश्चिक स्त्रीको वैवाहिक सम्बन्ध कुनै भाँतिले निर्वाह योग्य हुनेछ । किन्तु व्यापारमा यिनको भागीदारी टिकाउ हुने छैन । मेषको सक्रियता र वृश्चिकको भावुकता विवादको कारण बन्न जानेछ ।

वृष राशिसँग

वृष राशिसँग वृश्चिक राशिको सम्बन्ध मध्यम हुनेछ । यी दुइ बीच सामान्य सम्बन्ध बन्न सक्छ । दुवैमा अहम्को उत्तेजनाले प्रतिद्धन्द्धिताको आधार बन्नेछ । विवादको पछि एक दोस्रोसँग समस्याको समाधानमा यी दुइ राशिहरु परस्पर सहायक हुन जानेछन् । वृश्चिक राशि वृषको शत्रुराशि भनेर परिचित हुँदै आएको राशि हो  । कारोबार रोजगार एवं व्याहकारिक प्रयोग गर्नका लागि प्रेरित गर्ने हुनेछ तर विवाद हुँदै रहन्छ । कठिनाइको क्षणमा वृषको लागि वृश्चिक राशि सहयोग गर्न सफल बन्नेछ । यिनको व्यापारिक भागीदारी आपसमा सफल हुनेछैनन् । पति पत्नीको  रुपमा दाम्पत्य जीवन सम्बन्ध बनाउनका लागि वृश्चिकले धेरै सावधान हुनुपर्नेछ । प्रायः यिनको सम्बन्ध त्यति भाग्यमानी हुँदैन ।

मिथुन राशिसँग

मिथुन राशिसँग  वृश्चिक राशिको सम्बन्ध निर्वाह योग्य हुनेछैन । युवा अवस्थामा यिनको सम्बन्ध कष्टकारी नै हुन्छ । बाल्यवस्थामा मिथुन वृश्चिकको परस्पर सम्बन्ध राम्रो हुनेछ । यिनमा अनुशास स्वीकार्ने भावना हुने छैन  मौखिक विवादको वा युद्ध र मौलिक स्वतन्त्रता एवं नवीन शक्तिको प्रयोग गर्ने  वश्चिकका लागि मिथुन समर्पित रहनेछ, तैपनि वृश्चिकको स्वभावमा हरतरहले मिथुन आपसमा केही शेयर वा भागीदारीमा लाभ पाउने हुँदैन । पारिवारिक सम्बन्ध केही  भाँतसँग बिताउनु पर्नेछ । विरोध र दावाबाजीबाट यिनको सम्बन्ध सफल हुन कठिन हुनेछ ।

कर्कट राशिसँग

कर्कट राशिसँग वृश्चिक राशिको आत्मीय रहनेछ । यिनको वैवाहिक जीवन पति पत्नीको रुपमा सफल हुनेछ । वृश्चिकका लागि कर्कट राशि एक उत्तम साथी हुनेछ र यिनीहरु दुवैको जल तत्वको राशि हुनाले परस्पर सहयोगको भावना, प्रेम आउनेछ । दुवैको सहयात्रा लाभकारी हुनेछ । दुवै मिलेर अनुसन्धान कार्य गर्न र्समर्थ हुनेछन् । कार्यमा राम्रो सफल हुन्छन् । कदाचित अस्वभाविक मतभेद भएमा वृश्चिकबाट कर्कटलाई अनेक कष्ट पनि हुन सक्छ । यिनको सम्बन्ध प्रायः  विनोदजनक यदाकदा वात गर्दा विनोदप्रिय भई आँशुको धारा बगाउने कोही प्रेमी प्रेमिकामा हुन सक्छन् । यिनको सम्बन्धमा उत्तरदायित्व अधिक हुनेछ ।

सिंह राशिसँग

सिंह राशिसँग वृश्चिक राशिले संरक्षण  र मार्ग दर्शन दिने हुन्छ । वृश्चिकको सर्म्पर्कले सिंहको उन्नति हुनेछ । यिनको शासनको भावना पूरा हुनेछ । यिनको संयोगले सुखद् वातावरणको सृष्टि गर्नेहुन्छ । प्रायः साहसिक सर्न्दर्भमा शुभकामना सिद्ध हुनेछ । वृश्चिकसँगको सम्बन्धले सिंहको गतिशीलता बढ्दै जानेछ । शिक्षा अनुसन्धान याधा एवं आजीविकामा यस गुप्रको सर्म्पर्क परस्पर अति सुन्दर हुनेछ । सहकर्मी र सहयात्रीको रुपमा प्रायः एक दोस्रोको दृष्टिमा स्मरणीय बन्नेछन् । सिंह वृश्चिक विवाहमा सौभाग्य, सन्तान, भाग्य एवं आयुको शक्ति मिल्नेछ ।

कन्या राशिसँग

कन्या राशिसँग वृश्चिक राशिको सम्बन्ध सुदृढ एवं हितकारी हुनेछ तर सिद्धान्तको र विचारको टक्कर पर्नेछ । पति पत्नीको रुपमा सम्बन्धको निर्वाह कठिन हुनेछ । प्रेमी प्रेमिकाको रुपमा गुप्त सम्बन्धको निर्वाह सहज हुनेछ । कन्याको प्रेम व्यवहार, आकर्षण तथा आत्मदर्शन पक्षले वृश्चिक राशि प्रभावित हुनेछ । वृश्चिकबाट कन्याको पुरुषार्थ बढ्नेछ । वृश्चिक हर्ताकर्ता हुनाले कन्याको प्रगतिमा चकित पार्नेछ, कुशलतापर्ूवक यो सम्बन्ध सफल बनाउन सकिनेछ । यिनको  सम्बन्ध दैनिक केही विवाद र उत्साहले भरिएको हुन्छ हृदयमा सच्चा प्रेमको लागि स्थान हुनेछ । सहकर्मी,  सहयात्री तथा सहपाठीको रुपमा मित्रता त्यसै सेलाउने छ । हुन त यो राशि मित्र होइन तापनि जन्म नक्षत्रबाट गुण, योनि, बर्ण, वर्ग, गण, नाडी अनुसार विचार गर्नुहोला ।

 तुला राशिसँग

तुला राशिसँग वृश्चिक राशिको सम्बन्धले वृश्चिकलाई निरन्तर अगाडि बढ्ने प्रेरणा मिल्नेछ । तुलाको सर्म्पर्क बढी मिल्न गएमा प्रेरणा मिल्नेछ । तुलाको सर्म्पर्क बढी मिल्न गएमा प्रेरणा मिल्नेछ । तुलाको सर्म्पर्क मिलेमा वृश्चिकलाई भोतिक उन्नतिके मार्गमा बढ्न सजिलो हुनेछ । किन्तु वृश्चिबाट तुलालाई केही लाभ हुनेछ । यसमा वृश्चिकको र तुलाको व्यावहारिक दृष्टिकोण भने ठीक रहन्छ । एकले अर्कालाई खुसी बनाई राख्ने चेष्टा अधिकांश विफल हुनेछ । स्वतन्त्र खेलवाड हास विलास, सौर्न्दर्य तथ घरेलु समस्या आदिले वृश्चिकको मन प्रसन्न गराउने वस्तुको तुलाद्धारा पूर्ति हुन सक्छ । आपसी सहयोग सुसंस्कृत, शारिरिक आकर्षण, माीठो भोजन तथा सुखी जीवन प्राप्त गर्न एक दोस्रालाई सफलता मिल्नेछ भन्ने राशिफलले बताएको छ तर यिनी दुइ पति पत्नीको सम्बन्ध राम्रो भने ५० प्रतिशत हुने छैन । यिनीहरुको सम्बन्धमा आर्थिक अभाव पनि हुनेछ ।

वृश्चिक राशिसँग

वृश्चिक राशिसँग वृश्चिक राशिको सम्बन्ध भयभित हुनेछ । आपसमा गुप्त इच्छाको उत्पादन हुनेछ । प्रति विवादको भावना हुनेछ । अज्ञानतनको कारण केही अपराध हुन भएमा पनि यिनीहरु दुवैको अपराध खुला हुनेछ । समझदारीको काम लिनको लागि दाम्पत्य जीवन तथा व्यापारिक भागिदारीम दुवै वृश्चिकको संयोगले फल राम्रो हुनेछ । पिता पुत्रको रुपमा भाइभाइ, दाजु आदिको पूर्ण विवाद र कटुता हुनेछ । कुनै अरु राशिसँग मिलेर प्रतिस्पर्धा गर्ने छन् । स्वमार्गमा शक्ति प्रदान गर्नेछन् । अतः दुवै वृश्चिक राशिको साझेदारी ठीक होला केवल मित्रता या जान पहिचान ठीक हुने छैन ।

धनु राशि सँग

धनु राशिसँग वृश्चिकलाई उच्च शिक्षाको प्रेरणा अध्यात्मिक लाभ, तथा नैतिक चरित्रको उपलब्धि हुनेछ । धनुको संगतिले वृश्चिक राशि स्वयं आफ्नू रहस्य जानेर अधिक र्समर्थवान् हुनेछ । वृश्चिकको धनु अधिक सम्बन्धवाला हुन्छ । धनुको कमजोरीको निराकरण गरेर वृश्चिक खतरा कार्य पनि गर्नेछ । यात्रा एवं रचनात्मक कार्यका लागि वृश्चिकले धनुको प्रेरणा प्राप्त गर्नेछ । केही महत्वपूर्ण कार्यको लागि दुवैको एक अर्कालाई प्रभावित गर्दै रहन्छन् । यसै प्रभावशीलतामा दुवै प्रोत्साहित हुदै रहलान् । बौद्धिक स्तरमा विषमता यिनको लागि कष्टकारी हुनेछैन । आपसमा शारिरिक र मानसिक सन्तुष्टि बनी रहनेछ ।

 मकर राशिसँग

मकर राशिसँग वृश्चिकको सम्बन्धले जीवनयात्रा फलीभूत हुनेछ । एकैसाथ  दुवैको लाभो यात्राको सम्भव हुनेछ । आपसमा प्रेरणाको लागि दुवै प्रेरित रहनेछन् । मकरको पूँजीले वृश्चिकलाई उद्योग गर्ने अवसर मिल्नेछ । र्सतर्क दृष्टि, निस्वार्थ सेवा, भावना इच्छा तथा कार्यको वीच निष्कपट रेखाकंनमा वृश्चिक राशि मकरको सफलतामा निर्भर हुनेछ । पति पत्नीको रुपमा यिनको दाम्पत्य जीवन सफल हुनेछ । घर गृहस्थीका लागि अधिक खर्च गर्ने बानी रहला । राजनीति एवं गुप्तचरमा मकर वृश्चिकको जोडी सफल हुनेछ । यिनको भागिदारीमा समस्या पर्नेछ एवं हानिकारक हुन सक्नेछ । स्वामी शत्रु नै पर्छ ।

कुम्भ राशिसँग

कुम्भ राशिलाई वृश्चिक राशि राम्रो सहायत मिल्नेछ । लेखन, पठनपाठन एवं पारस्परिक सहयोग, वृश्चिक र कुम्भको सम्बन्धमा स्थायित्व आउनेछ  । गतिशील जीवनका लागि वृश्चिक राशि कुम्भको एक आदर्श साथी हुन सक्नेछ । स्वास्थ्य र धनको सम्बन्धम दुवै जागरुक र र्सतर्क रहनेछन् । एकको सोचविचार सम्झनाले अघि बढ्ने क्षमता हुनेछ । दोस्रोको रुढीवूडी नियम  तोड्ने साहस हुनेछ । एक जंगलमा सिंह सिंहीनीको जस्तै यिनको संयोजन हुनेछ । कुम्भ राशिले वृश्चिक राशिको उदासिनतको भाव रहनेछ । वृश्चिक कुम्भको सम्बन्ध परस्पर प्रसन्नता, प्रेरणा शिक्षा ग्रहण गरेर योग्य बन्नेछ । हुन त दुवैको स्वामी शत्रु नै पर्ने हो गण, योनी, नाडी, वर्ण, वस्य, ताराको विचार गरी विवाह, व्यवहार गर्नुहोला ।

मीन राशिसँग

मीनको वृश्चिक राशिसँग सम्बन्ध ठीक रहनेछ । आपसमा दुवै राशि सुदृढ तथा नेतृत्व गर्न इच्छुक हुनेछन् । मीनको चञ्चलताको वृश्चिक राशि सम्झना राख्न सक्ने छैन । किन्तु वृश्चिकको रहस्यमय स्वभाव तथा गम्भीरलाई मीन राशिले सम्झन सकने स्मरण शक्ति राख्नेछ । यिनको चमक दमकका लागि कोही बनावटी स्थान हुने छैन । वृश्चिकले मीनको जीवन विस्तारको आधार मिलाउनेछ । दुवै आपसमा भविष्यमा जीवन, सामाजिक प्रतिष्ठा, उच्च आकांक्षा एवं व्यावसायिक प्रवृत्तिको राम्रो अर्थमा प्रभावित हुने छन् । खनिज पदार्थको उद्योगधन्दाको भागीदारीले आर्थिक सन्तुष्टि प्रदान गर्ने हुन्छन् । पति पत्नीको रुपमा नक्कल झक्कल  साथ विवाहित जीवनको निर्वाह हुनेछ । यदि दुवै राशिको आपसमा साथ जिउने, मर्ने कुरामा शंका छ । दुवै राशिको  एकरुपता आउने छैन । यिनी दुवे राशिको स्वामि मित्र ग्रह परेकोले सबै अरिष्ठ नास  गरी शुभ हुन्छ ।