आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

सिंह
सिंह राशी
मा मि मू मे मो टा टी टु टे

जीवन फल

तपाईको राशि सिंह हो । आफू रुपको प्रयत्नवादी हुनुहुन्छ । तपाईको वुद्धि काफी तेज र लक्षणयुक्त, विद्यायोग साभारण हुनेछ । येनकेनप्रकारेण उच्चविर्द्यार्जन हुनलाई धेरै वाधा विरोध पर्नेछ । जीवना उपार्जित विद्याको सही उपयोग गर्न समस्या पर्नेछ । वुद्धि र बलले कर्म क्षेत्रमा विशेष तत्पर हुनुहुन्छ । धैर्यवान, उदार, स्वाभीमानी तथा मातृ भक्त हुनुहुन्छ ।  जीवनको हरेक पाइलामा चिन्तातुरको विशेषता रहन्छ । कुनै कामाम अर्काको भरोसामा पर्नुहुन्न । आफू स्वयं पूरा गर्नुहुन्छ । स्वयं आनन्द सम्झनुहुन्छ । शत्रुलाई दवाउन अद्भुत पराक्रम तपाइमा छ । तपाई चाँडै रिसाउनुहुन्छ । कडा आवाज गर्नुहुन्छ । शुरो, साहसी, साधुसन्तको प्रिय, प्रख्यात रहनुहुन्छ । राम्रो श्रृंगार स्वच्छताको प्रति प्रेम भावना, तथा शारिरिक रोगले केही पिडा गर्नेछ । यशको योग छ । भविष्यमा अनुकूल समय मिल्ने सम्भावना छ । ठूला ठूला प्रलय संकष्ट परे पनि तपाई सामर्थ्यले पूरा गर्ने, आशावादी प्राणी हुनुहुन्छ र अनेक संकष्टको सामना गर्ने र पराक्रमले जीवित हुनुहुन्छ । तपाईको राशि स्वामी सूर्य ग्रह हुन् त्यसकारण उत्पादन, संरक्षण, उन्मुलन अथवा आकर्षाको अद्भुत शक्ति विद्यमान हुनेछ । तर्सथ प्रकाश, उष्णता, वर्षा अथात् खर्च गर्ने, अर्कालाई दिने काम खुला दिलले गर्नुहुन्छ । यो गुण तपाईमा केन्द्रित छ ।  एक सूर्योदयदेखि सूर्यास्तसम्म सूर्यको गतिविधिअनुसार तपाईको जीवनको ज्ञान हुन्छ । समाज, परिवार, जनता, इष्टमित्र सबैको न्यायोचित विचार तपाईमा आउँछ । तपाईको राशि सबै राशिहरुमा सत्ताधिकारी हुन र्समर्थवान राशि हो । उत्साहवर्द्धक, महत्व, दर्शक, प्रत्येक उचनीच स्थितिको निर्णय गर्ने हुनुहुन्छ । तपाईको शरिरमा पिठ्युँ, कम्मर, भित्री हड्डी, आँखा, पेटमा कुनै ठाँउमा रोगग्रस्त हुनेछ । कुनै अपरेशनको योग हुनसक्नेछ । प्रति वर्ष फेवररी मास र प्रति मास ३,१८,२३,२९ तारिख, शनिवारका दिन कर्कट, वृश्चिक, मीन राशिवाला व्यक्ति तथा कालो रंगको वस्त्रादि पदार्थ तपाईका लागि ठीक हुँदैन । तपाईको स्वभाव क्षत्रीको छ । त्यसकारण तपाई निकै साहसी हुनुहुन्छ । अर्काको अधिनमा रहनुहुन्न ।

सिंह राशिको स्वामी सूर्य हो  । सूर्य मनुष्यको आत्म ग्रह हो  । त्यसकारण तपाईको आत्मबल हमेशा प्रबल छ । तपाईले जुन कार्यको आरम्भ गनुहुन्छ, सूर्यको अनुकुलबाट गर्नुहुन्छ । सूर्यको विपरीत प्रभाव भएको बखत कार्य निष्फल हुन्छ, जुन प्रकारले ग्रीष्म ऋतुमा दोस्रा प्रहरको सूर्यको ताप सहन गाह्रो हुन्छ । यदाकदा बुद्धिको खेलबाट देशान्तरको गमन गनुभयो भने कष्ट, मानसिक सुखको हानि, गुप्त रोग, मानसिक चिन्ता, साधारण नोकरी, व्यापार लगायत कार्यमा बाधाको योग छ । परन्तु आत्मबल, हिम्मत तथा साहस प्रबल रहनेछ । तपाईको भाग्य लाभदायी छ । विद्या वुद्धिको क्षेत्रमा उन्नति गर्ने, शेयर तथा अनेक कार्यबाट अचानकरुपमा यदाकदा धन प्राप्त गर्नुहुनेछ । गुप्त होस् वा प्रत्यक्षरुपमा आकस्मिक धनको लाभ हुनेछ अथवा अचल सम्पत्तिको लाभ हुनेछ । उच्च शिक्षासम्बन्धी अधिकारको प्राप्ति हुनेछ । तपाईको जीवन जंगलमा रमाउने सिंहसमान स्वतन्त्र, निष्ठुर उत्साहमही र साहसी, रुखो, तेजवन्त हुनेछ । तपाई उच्च व्यक्ति हुनुहुन्छ । श्रेष्ठ र उच्च मानिसको प्रेमी, धन, सम्पत्ति, विद्या र अनेक गुणले युक्त जीवन तपाईको छ । तामसी वृत्ति हुनेछ । धेरै देशको यात्रा हुन सक्नेछ । स्त्रीबाट चिन्तित, वेदशास्त्र, पुरणादि अनेक विषयको आस्था राख्ने व्यक्ति तपाई हुनुहुन्छ । सेखि गर्ने स्वभावले गर्दा भित्री विरोधी वगृ पनि कमी हुनेछैनन् । प्रत्येक कार्यमा छलफल र बढी चलाखीबाट विजय प्राप्त गर्नुहुन्छ । व्यापार, देश विदेशको यात्रा, पैसाको संग्रह र ठूला मानिसको साथ सानदारीसँग रहने इच्छा पूरा हुनेछ । विद्यातर्फज्यादा परिश्रम गरेर मात्र सफल हुनेछ किनकि सिंह राशिका मानिसहरु ५ प्रतिशत निरक्षरी पनि हुन्छन् । रवि वारको दिन तपाईक लागि राम्रो फलदायी छ । गरेको कार्य सफल हुनेछ । नोकरी गर्न २५ प्रतिशत व्यक्तिम सफल त्यति छैन  । अपमानको सामना गर्नुपर्छ । ३६ वर्षेखि ४५ वर्षम्मको समय अपमान र वेइज्जति हुने तथा रोजगार, नोकरी आदिम संकट आदि अशुभ समय छ । कमाएको सम्पत्तिको नाश। चोरी वा हानि हुने डर, जायजेथा घरमा धक्क पर्न सक्छ ।

स्वभाव र चरित्र

सिंह राशिका स्वामी सूर्य हुन् । यो राशि अग्नि तत्व प्रधान छ । यो राशिका मानिस अर्काको अनादार नसहने, कठोर स्वभाव ठूलाठूला कामको अधिकार लिन चाहने, कार्य कुशल  रुढिवादीलाई लात हान्ने खालका हुनेछन् । कानूनी मर्यादा पालना गर्ने हुन्छन् । यिनीहरु हरेक कार्यमा सफलता चाहन्छन् । अर्काबाट आफ्नु तारिफ लिन इच्छुक, प्रत्येक क्षेत्रम र्सतर्क र परिचित हुने, ससफलता पनि व्यहोर्नुपर्छ । आफू माथि अरुको दबाव नसहने खालका हुन्छन् । अर्काको त्यति वास्ता नगर्ने हुँदा साथी वा छिमेकीको मद्दतको कमी छ । खर्च बढी गर्ने स्वभाव रहन्छ ।  यो राशिका अधिकांश मानिसहरु आफ्नो प्रतिभालाई समाजको अगाडि प्रदर्शन गर्न सक्ने हुन्छन् । नयाँ कुराको खोजीमा उत्सुकतापूर्वक लागिरहन्छन् । यिनीहरु कानून तथा परम्परा रुढीवादीलाई संगालेर बस्न मन पराउदैनन् । यिनीहरु धनी हुने इच्छा राख्दछन् तर बाच्नको लागि त्यति कष्ट भोग्नुपर्दैन । यिनीहरु आफ्नो गल्ती आफ्ना मित्रहरुले केलाएर बेलामा सल्लाह दिएको हेर्न चाहन्छन् ।

प्रेम सम्बन्ध

यो राशिका केटाकेटी प्रेम सम्बन्धमा उत्साही प्रभाव पर्ने हुन्छन् । यिनीहरु प्रेमको लहरमा प्रेमको बदल लिन इच्छुक हुन्छन् तर सफल हुँदैनन् । केटाको प्रेम कुनै आयोग्य स्त्रीमा पनि हुन सक्छ । तर्क वितर्कबाट एकदेखि तेस्रो मानिसमा पनि हुनसक्छ । यिनको अयोग्य स्त्रीको कारणबाट धोखा पनि पर्ने हुन्छन् । यो राशिवालाले अहंकारलाई रोक्नु धेरै राम्रो हुनेछ । यिनीहरु आफ्नो प्रिय मित्रको फले फूलेको अर्थात् प्रगतिको पथतिर अघि बढेको हेर्न मन पराउछन् । यो राशि भएका मानिसहरु त्यस्तो प्रेमको खोजीमा हुन्छन्, जसले आफूलाई सधै अघि बढ्न प्रेरणा ता प्रशंसा गरोस् । प्रेम यिनीहरुको लागि एउटा भार भएर थपिन्छ । यिनीहरु शुरुमा एउटा आधार तयार गरेर मात्र प्रेम गर्ने गर्दछन् ।

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशि सँग

मेष राशिमा सिंह राशिको प्रेम आकर्षा रहनेछ । आपसमा गहिरो मित्र एवं हितैषी भावना रहनेछ । सिद्धान्त विचारमा विषमताको विचार हुन्छ । सिंहका लागी मेष प्रेमदायक हुन्छ । आफ्नो सन्तान या आफ्नो जीवन साथीको मेष र सिंहको रुपमा संयोग भए परस्पर संरक्षक एवं सहयोगात्मक भावना सुदृढ रहनेछ । मित्रताको या पारिवारिक सम्बन्धमा यसको केही योजना बनाउनु अनिवार्य हुनेछ । दुवै पुरुष भएमा खतरा आउन सक्छ । दुवै स्त्री भएमा स्वार्थपूर्ण ढंगले परस्पर सहायक बन्नेछ । एक स्त्री, दोस्रो पुरुष भएमा नैतिक या अनैतिक जे भएपनि सम्बन्ध भएमा राम्रो निर्वाह हुनेछ । जाति एवं आयुका लागि बाधक हुनेछैन ।

वृष राशि सँग

सिंह राशिको वृष राशिसँग निकट सम्बन्ध सुखदायक हुनेछैन । केही समय रहेमा सहायकरुपमा सम्बन्धको निर्वाहसम्म होला । वृष राशिले सिंह राशिको संरक्षण पाँउछ । दुइमा एक अशान्ति रहनेछ । सिंहको काम कार्य गुप्त हुनेछ । वृषको गुप्त गर्छु भन्दा पनि खुल्ला हुनेछ । पारिश्रमिक र दिमागी दुवै हुनेछन् । सिंहप्रति वृष उदार हुनेछैन । सिंहले यदि आफ्नो अडानमा परिवर्तन गरेमा वृषको साथ व्यावसायिक जीवन पारिवारिक जीवन राम्रो तरह हुनसक्छ । दुवै आपसमा प्रत्यक्ष विरोधी भए पनि हृदयमा सच्चा प्रेम हुन सक्छ । सिंहको सर्म्पर्कबाट वृषको स्वास्थ्य, कलाकौशल, सम्मान र रोजेको विषयमा सहायता हुनेछ ।

मिथुन राशिसँग

सिंह राशिको मिथुन राशिसँग औपचारिक सम्बन्ध रहन्छ । यी दुइ राशिले एकले अर्कालाइ सुधार गर्न चाहन्छन् । यसकारण परस्पर आलोचक हुन्छन् । विलासितामा दुवैको बचन अनिवार्य मिल्नेछ । केवल वातचितले सम्बन्धको निर्वाह कठिन हुन सक्छ । कुनै क्षण सम्बन्ध विच्छेद पनि हुन सक्छ । शारिरिक, मानसि, वौद्धिक र व्यावसायिकरुपमा विवाद भएमा यिनको वाक्यको आशंका हुनेछैन । निरीक्षण, परिवर्तन सन्तान सुख, व्यावसायिक भागीदारी विवाहित जीवनमा प्रेम सम्बन्धको लागि, मिथुन र सिंहको युगल जोडी राम्रो हुनेछ । सामान्य व्यवहारमा अलग हुन सक्छ । तर मिथुनको साथ सिंहको सहयोग र सहानुभुतिले सम्बन्ध अधिक सशक्त बनाउन सकिनेछ । यिनले संयोगले आम्दानीका साधन काफी सफलता मिल्नेछ ।

कर्कट राशिसँग

सिंह राशिमा कर्कटको मान्यता बढी हुनेछ । केबल एकले दोस्राको सम्मान गर्ने हुँदा सम्बन्ध स्थिर नहुन पनि सक्छ । सिंहप्रति कर्कट समर्पित हुनेछ । सिंहको व्यक्तित्वको समतुल्यमा पुग्न कर्कट राशिको लागि सरल हुनेछैन । सिंहमा कर्कटको नैर्सर्गिक प्रेम रहन्छ । सिंहको वृद्धावस्थामा कर्कटको नोक्सानी बढ्नेछ । राम्रो व्यवहार गरेमा दुवै राम्रो प्रेमसम्बन्धी साथी हुनेछन् । एकको रहस्य दोस्राले पाए पनि गोप्य रहन्छ । पतिपत्नीको रुपमा यिनको सम्बन्ध निःसन्देह सफल रहनेछ । यदाकदा सिंहको उग्रता कर्कटले स्वीकार गर्नुपर्ने हुन्छ । आनन्द मनले कर्कट राशिले सिंहलाई शान्त राख्न सफल हुनेछ ।

सिंह राशिसँग

सिंह राशिमा सिंहको सम्बन्ध औपचारिक हुनेछ । यिनको आत्मीयता कमी नै हुनेछ । दुवै एकसाथ रहेमा पनि आफ्नो लक्ष्य पूर्तिको लागि अलग अलग दिशामा दौडने छन् । यिनको उपर अन्य दोस्रो  राशिवाला व्यक्तिले छलकपट गर्ने हुन्छ । सावधानी नरहेमा यिनको क्षति हुनसक्छ । व्यवसायमा भागीदारी र आपसमा वरकन्याको विवाह हुनाले यिनमा सुख दुःख दुवै सिद्ध हुनेछ । केवल मित्रताको मान, यथोचित व्यवहार, हितकारी हुनेछ । सिंहको वन्धन कठोरपूर्ण हुनेछ । दुवै सिंह आफ्नो कार्यमा अलग अलग रहने हुँदा एकले दोस्राको नराम्रो देख्न नमान्नाले परस्पर मैत्रीको निर्वाह हुनेछ  ।

कन्या राशिसँग

सिंह राशिको कन्या राशिसँग स्थायी मित्रता नहुन सक्छ । एक स्त्री दोस्रो पुरुष भएमा आपसमा आकर्षण बढ्नेछ । सिंहको प्रस्ताव कन्याले स्वीकार गर्नेछ । यस सम्बन्धको स्थिरता भावनात्मक क्रियाकलापमा निर्भर रहनेछ । सिंहदेखि कन्याले तनावपूर्ण रहनुपर्नेछ । यिनको सम्बन्ध भावनात्मक क्रियाकलापमा निर्भर हुनसक्छ  । तथ्यात्मक रुपमा सफल हुनेछ । पारिवारिक व्यवहारमा केही धेरै सम्बन्ध गर्न विवशता हुनेछ । व्यवसायिक साझेदारी गागिदारी गर्नाले दुवैको नोक्सान हुने सम्भावना छ ।

तुला राशिसँग

सिंह राशिको तुला राशिसँग सम्बन्ध मध्यमै रहनेछ । दुवैको भावनाको अन्तर पर्नेछ । आपसमा आवश्यकताको परिपूर्ति, सहानुभूति बनाई राख्नसके सम्बन्धको निर्वाहसम्म हुनसक्छ । सिंहसँग तुलाको सम्बन्ध आर्थिक सर्न्दर्भमा केही हितकारी हुनेछ । तुलासँग सही सम्पन्न पत्नीको रुपमा यिनको सम्बन्ध निर्वाहसम्म हुनेछ । प्रेमी र प्रेमीकाको रुपमा सम्बन्ध गोपनीय हुनेछैन । यिनीहरुमा दाजुभाइ या बाबु छोराको सम्बन्ध हुँदैन, विरोध पैदा हुन्छ । व्यापारिक भागिदारी पार्टनरमा सधै स्थिर, स्थायी हुँदैन ।

वृश्चिक राशिसँग

वृश्चिक राशिसँगको सिंह राशिमा मित्रता निर्वाह योग्य हुनेछ । यिनको सम्बन्ध संयोगले सुखद् वातावरणको सृष्टि गर्नेछ । प्रायः साहसिक सर्न्दर्भमा शुभसिद्ध हुनेछ । वृश्चिकको सर्म्पर्कमा सिंहको गतिशीलता आउनेछ । सिंहका लागि वृश्चिकले संरक्षण र मार्ग दर्शन मिलाउनेछ । वृश्चिकको प्रयत्नमा सिंहले उन्नति गर्नेछ । यिनको शासनको भावना भारी हुनेछ । शिक्षा अनुसन्धान र आजीविकामा यिनको गु्रपको परस्पर प्रशस्त हुनेछ । सहकर्मी र समूहको रुपमा यिनी एक दोस्रोको दृष्टिमा दुवैको भविष्य बन्नेछ । सौभाग्य, सन्तान, भाग्य एवं आयुको सिंह वृश्चिकको परस्पर विवाहले शक्ति प्रदान गर्नेछ । अतः राशि स्वामी सूर्य र मंगल मित्र ग्रह पर्नेछ ।

धनु राशि सँग

धनु राशिसँग सिंह राशिको सम्बन्ध बलवान सिद्ध हुनेछ । किन्तु धनुसँग सिंह भयभीत रहन्छ । यी दुइ राशिको एकले दोस्रो राशिमाथि शासन चलाउन इच्छुक हुनेछन् । धनुको सर्म्पर्कमा सिंह अतिरिक्त वस्तुको संग्रह तथा आफ्नो सुरक्षा बढाउन र्समर्थवान् हुनेछ । सिंहदेखि धनुको संरक्षण मिल्नेछ । कल्पनाको दौडमा भने सिंह व्यस्त हुनेछ । यथार्थ धरातलमा सत्य तथा न्यायको संग्राम गर्नको लागि धनु राशि अग्रसरता देखाउन चाहन्छ । काल्पनिक जगतमा धनुको साथ सिंहको सर्म्पर्क धन र समय नष्ट गर्ने नै सिद्ध हुनेछ । यिनको पारिवारिक वन्धन अधिक शुभकारी हुने छैन । सहपाटी सहकर्मी र व्यापार भागीदारी हुँदामा कही लाभ र कही हानि सूचक हुनेछ ।

मकर राशिसँग

मकर राशिमा सिंहको मेलमिलाप स्थायी हुँदैन । सिंहका लागि मकर चिन्ताग्रस्त रहनेछ । दुइमाकोबीच केही दुरी रहेमा हितकर हुन पनि सक्ला । यी दुवै राशिमा आफ्नो जिद्दीपना हुनाले यी दुवैलाई हानि पुर्याउन सक्छ । सिंह यदि आफ्नो समस्या व्यक्त नभएर सम्बन्ध निभाउने प्रयत्नमा मकरको गति बढ्नेछ । सिंह मकरको पूर्ण षडाष्टक पर्नेछ । यदि उचित सन्तुलन नभएमा मकर राशिले सिंहको स्थान छोडदिनेछ । सिंहको अपार शक्तिले भयभीत हुनेछ । पति पत्नीको रुपमा सम्बन्धको निर्वाह कठिन हुनेछ । व्यवहारिक भागीदारी आदि सम्बन्ध राम्रो हुँदैन । केवल विचारको आदानप्रदान मात्र राम्रो हुनेछ । उदारतामा दुवैको सम्झना कमै होला । दुइबीच टाढा रहनु आवश्यक छ । नजिकमा निरन्तर हानि हुनेछ ।

कुम्भ राशिसँग

कुम्भ राशिसँग सिंह राशिको सम्बन्ध सामान्य हुन्छ । दुइले मुडेजिद्दी गर्ने हुन्छन् । एक सुन्दर र एकान्तप्रिय हुनेछ । केवल प्रेम पाए सन्तुष्ट रहने हुन्छ । दोस्रो तथ्यात्मक प्रसंगमा रहने व्यावहारिक र सगृहस्थ बनेर रहन अधिक सुख सम्झने हुन्छ । सिंहको कुम्भसँगको कही सुखद्, कही दुःखद् सम्बन्ध हुन्छ । विभिन्न कार्य पुरा गर्नको लागि कुम्भको प्रेरणा मिल्नेछ । किन्तु कुम्भप्रति सिंहको रुखो मनोभावना र बचन हुनेछ । कुम्भको राम्रो प्रेरणा पाएमा नरम स्वभाव हुनेछ । व्यवसायिक साझेदारीमा परस्पर विवाद आदिको लागि सिंह र कुम्भको सम्बन्ध केही राम्रो हुनेछैन । यदि मिलेर दुवैले प्रेमसँग बस्न सकेमा सहयात्रा सदैव शुभ हुनसक्छ ।

मीन राशिसँग

मीन राशिसँग सिंह राशिको सम्बन्ध भएमा बडो उपकार हुनेछ  । सिंहले यदि मीनको कुरा सुनेमा र आदेश मानेमा यी दुइको सम्बन्ध राम्रो रहनेछ । सिंहबाट मीनको सुखद् सम्बन्ध रहनेछ । विचार, भावना र सिद्धान्त मतभेद हुँदै रहला । सिंह मीनको स्वभाव अलग अलग हुनाले दुवैको हृदयमा अनेक भ्रमजाल पनि रहनेछन् । यही हुँदा भ्रमले सम्बन्ध विच्छेदको आशंका रहनेछ । पति पत्नीको रुपमा सम्बन्ध निदाउन सक्छन् । जलरुपी मिनको साथ अग्निरुपी सिंहको आत्मबल हुनु स्वाभाविक हो । मित्रता र भागीदारीको रुपमा कठिनाइ नै पर्नेछ ।