२०६५ साल » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यो राशिमा यस वर्ष राहु र केतु क्रमशः दोस्रो र आठौँ स्थानमा भ्रमण गर्दै छन् । राहु केतुका स्थानका प्रभावले यस वर्ष तपाइले अनेक पष्टको सामना गनुपर्ला । व्यवसाय गर्दा पनि होसियारीपूर्वक गर्नुपर्ला । पुराना सम्पत्ति नोकरी, व्यवसाय, व्यापारमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला पर्न सक्ला । ऋणको लेनदेनको काम हानिकारक हुन सक्ला । भाग्यको पक्ष दूर्बल हुनेछ । कामकाजमा खासै सफलता नहोला । सुख तथा आनन्दको सही अनुभव गर्न नपाउनुहोला । उज्वल भविष्यप्रति चिन्तित रहनुपर्ला ।
गुरु बृहस्पति वैशाख ७ गतेबाट दोस्रो स्थानमा प्रवेश गर्नाले गुरु यस स्थानमा रहुन्जेलसम्म तपाइलाई शुभ फल दिनुपर्ने हो तर नीज स्थानमा भएकाले त्यति शुभ नहुन पनि सक्छ । गुरुको दोस्रो स्थानको प्रभावले तपाइका दिमागी उन्माद बढ्ला । थोरै मात्रामा लाभ होला । मातापिता, पत्नी र पुत्रादिको सुख होला । नेत्र र उदर पीडा बढी होला ।
जेठमा गुरु बक्री भएरर १८ गतेबाट जन्म राशिमा जानाले बोलीको प्रभावबाट काम सिद्ध होला । यदि कुनै सम्पत्तिमा विवाद भए उसको समाधान होला । कुनै न्यायलयसम्बन्धी विवाद भएमा यही अवधिमा समाधान होला । धार्मिक तथा मांगलिक कार्य सफल होला । काम गर्दा धैर्यता साथ लगनशील भएर गनु जरुरी छ । भदौ २५ गतेबाछ गुरु मार्गी भएर अघि बढ्ने हुनाले त्यसपछि शान्ति र साहसले काम गर्ने जागर आउँला । मंसिर १८ गतेबाट गुरु द्धितिय नीच राशिमा प्रवेश गरेकाले देवताको दर्शन गर्ने मौका पर्ला । आर्थिक व्यस्थामा सुधार होला । बोली र व्यवहारले व्यक्तित्वको विकासमा सहयोग पुग्ला । दैनिक जीवनमा केही कठिनाइ पनि आँउला । क्रोध जोश र उत्तेजनालाई नियन्त्रण गर्नुहोला । ज्यादा दौडधुप गर्नु तपाइका लागि कष्टकारी हुनेछ । तपाईको स्वास्थ्य कमजोर रहनेछ ।
शनि ग्रह बितेको वर्षबाटै नवौँ स्थानमा भ्रमण गर्दै आएकाले तपाईले गर्नुभएको साहसी प्रयत्न शय पनि सफल होला । विविध पुरानु चिन्ता हुदाहँदै पनि दिनदशा क्रमैसँग सुधार हुँदै जाला । तपाइको महत्तवपूर्ण इच्छा पूरा होला । सुख शान्ति साधारण भए पनि तपाइको अनुकूल रहला । बालबच्चाको सुख राम्रो होला । शारिरिक सुख तथा धर्ममा रुचि होला । पुस २० गतेबाट बक्री शनि नवौँ हुनाले आर्थिक सामाजिक कार्यमा व्यस्त भइएला । उकै पेटका भाइबहिनिमा कष्टको लक्षण रहला । अप्रत्याशित घटनाले मानसिक पीडा बढ्ला । इष्टमित्र र कुटुम्बबाट तपाइको साथ हितकर हुनेछ । यदि तपाई राजनितिक कार्यकर्ता हुनुहुन्छ भने जनताको वीचमा लोकहितको काम अवश्य नै गर्नुहोला । ग्रह शान्तिको उपाय गर्नु राम्रो होला ।