२०६५ साल » वृश्चिक राशी
तो ना नी नू ने नो या यि यु
यो सालमा राहु र केतुले तपाइको राशिको तेस्रो र नवौँ स्थानको भ्रमण गर्दै छन् । त्यसकारण तपाइको हरेक ठाँउमा इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट प्रसन्नता प्राप्त होला । घर जमिन र जायजेथाको सुख उपलव्ध होला । सामान्य दैनिक दुःख पनि पाइरहनुहोला । उदण्ड स्वाभावका मानिसबाट तपाइ माथि हानि हुन सक्ला । तपाइले आफ्नु लक्ष पुरुषार्थले पूरा गर्न सक्नु होला । व्यक्तित्व र सम्मान सुरक्षित रहनेछ ।
गुरु बृहस्पति वैशाख ७ गतेबाट मकर राशि एकादश स्थानमा जानाले आवश्यक भ्रमण होला । पर्यटन प्रतियोगिता तथा प्रतिस्पर्धामा समय बित्ला । विद्यार्थी र महिलाका लागि समय चिन्तनीय हुनेछ । अनावश्यक दौडधुप गर्नुपर्ला ।
जेठ १८ गते गुरु उल्टो फर्किएर दोस्रो अतिचार हुँदै पूर्व राशिमा आएकाले उल्टो कार्य गरेर धन बस्त्रको लाभ होला । मातापिता, पत्नी र सन्तानका तर्फबाट सुख मध्यम रहला । अधिक धनको खर्च होला । व्यर्थैमा कलहको सामना गनुपर्ला । कानुनी समस्या आइलाग्ला ।
भाद्र २५ गतेबाट द्धितिय गुरु मार्गी हुनाले देवताको पूजा तीर्थव्रत आदि गर्न मन लाग्ला । विभिन्न खालका अवसरहरु आउलान् । आर्थिक व्यवसाय सुदृढ बन्न सक्नेछ । वाणी व्यवहारमा व्यक्तित्वको विकास होला । ठूलाबढासँग सम्बन्ध राख्नु तपाइका लागि कल्याणकारी होला ।
मंसिर १८ गते बाट गुरु तेस्रो स्थानमा जानाले इष्टमित्रबाट इच्छा सिद्धि होला । सम्पत्तिको विषयमा विवाद पर्ला । उन्नतिको प्रयास सफल होला । आँटेका कामकाज पूरा हुनाले मन हषिर्त रहला ।
शनि ग्रह गत सालबाटै दसौँ स्थानमा भम्रण गरेकाले तपाइलाई उच्च अधिकारीका तर्फबाट निजी शक्ति र प्रभाव बढ्ला । विविध आर्थिक कार्य योजना पुरा होला । आर्थिक लाभको दृष्टिले र्सार्वभौम सफलता मिल्ला । साहस र धर्ैयको वृद्धि होला । परीक्षा र प्रतियोगितामा सफलता मिल्ला । श्रेष्ठजनको सर्म्पर्कबाट उन्नत मार्ग मिल्ला । हरेक काममा अवश्य परिश्रम गनुपर्ला । अर्थतन्त्र तथा शरिरको सन्तुलन ठीक रहला । शनि भदौमा अस्त छ । मंसिर २० गतेबाठ शनि बक्री भएर दसौँ स्थानमा जानाले तपाइलाई अनेक दुविधा होला । मानसिक पीडा होला । आन्तरिक क्लेस बढ्ला । आरोग्य सुख मध्यम रहला । माता पितामा दुःख कष्टको लक्षण देखापर्ला । जीविका सम्बन्धमा बढी सफलता मिल्ने छैन । सच्चा नियतले गरेको काममा थोरै थोरै सफलता मिल्ला । पढाइलेखाइमा परिश्रमअनुसार सफलता मिल्ला । मातापिता र गुरुजनको सल्लाह अनुसार गरेको काममा सफलता मिल्ला । रुपैयाँ पैसाको सही हिसाब किताब राख्न नसकेकाले अपमानित हुनुपर्ला । तपाइले अपजस बेहोनुपलर्ने सम्भावना छ ।