आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

तुला
२०६५ साल » तुला राशी
र री रु रे रो ता ती तू ते
यस वर्षयो राशिमा राहुले वैशाख ५गतेदेखि नै चौथो स्थान र केतुले दसौँ स्थानको भ्रमण गर्दै छन् । राहु र केतुको स्थानको प्रभावले यस वर्ष तपाईलाई परिवारमा कलहको आशंका रहला । व्यवसायमा सफलता त्यति नहोला । खर्चको भार ज्यादा मात्रामा पर्ला । चिन्ताको कारणले रोगको सामना गर्नुपर्ला । घर जग्गा खरिद विक्रीमा नोक्सानी गनुपर्ला । रुपैया पैसाको महसुस कमै होला । सत्य प्रयत्नले जिविकोपार्जन होला । भाइबहिनी खिल्ली उडाउलान् । रिसलाई नियन्त्रण गनुपर्ला । बेकारमा बदनामी होला । अर्काको अधिनबाट बच्नुपर्नेछ । जिविकोपार्जनको लागि राहु । केतु ग्रह शुभ होइन । परन्तु बच्चाको भविष्य सुखमय रहला । अनेक नयाँ योजना तथा नोक्सानीका कारणले आर्थिक लाभमा सन्तुलन कायम हुने छैन ।


बृहस्पति गएको वर्षबाटै तेस्रो स्थानमा भ्रमण गर्दै आएकाले र वैशाख ७ गते देखि चौथो स्थानमा प्रवेश गरेकाले त्यसपछिको अवधिमा बृहस्पतिका तर्फबाट तपाइमा पुरुषार्थ तथा साहसको कमी रहला । भाग्यको विपरीत प्रभाव पर्ला । अध्ययनको क्षेत्रमा बाधाको योग आउला । यदाकदा धनको हानि होला । शारिरिक कष्ट होला । रोगको पिडा होला । अनेक प्रकारको झन्झट आइपर्ला । अधिक प्रयत्नको प्रगति होला । प्रयत्नले पदोन्नति होला । स्थानान्तरणको सम्भावना छ । विवादमा तपाईलाई सफलता मिल्ला । आयव्ययको साथ सफलता मिल्ला ।

जेठ ११ बाट बक्रि भएर तेस्रो स्थानमा फर्किएकाले यस स्थानमा रहुन्जेलसम्म वृहस्पतिले पदोन्नति गराउला । स्थानान्तरण हुन सक्ला तर घर निर्माणको काममा रोकाउट आउन सक्नेछ । उन्नति र पदस्थापनको मौका गुम्न बेर लाग्ने छैन । लोकप्रियता र इज्जत रहला । यात्रा हुने सम्भावना छ ।

भदौ २५ बाट गुरु मार्गी हुनाले सामान्य फल देला । मंसिर १८ पछि पारिवारिक काममा धनको खर्च हुनेछ । परिश्रम तथा प्रयासले मात्र केही काम सम्पन्न हुनेछ । शत्रुबाट व्यर्थैमा मानसिक चिन्ता बढ्ला । भय त्रासको सम्भावना रहेको छ ।

शनि ग्रह बितेका वर्षरुदेखि नै एघारौँ स्थानको भम्रण गर्दै आएको छ । वैशाख २३ गतेबाट शनि मार्गी हुनाले शुभ फल देला । धनको लाभले भन सन्तोष रहला । व्यर्थै खर्चको कारणले पैसाको बचत हुनेछैन् र व्यावसायिक तथा व्यवहारिक कुशलताले हरेक काम सम्पन्न होला । सन्तानका पक्षबाट तपाईलाई अनुकुल वातावरण मिल्ला ।



पुस २० पछाडि शनिका तर्फबाट धनको हानी होला । धनको अभावले मनमा चिन्ता रहला । निर्णय क्षमतामा कमी होला । राजनितिक आर्थिक र सामाजिक क्षेत्रमा विरोधीबाट हुने विरोधको सामना गनुपर्ला । प्रत्येक कामकाज गर्दा होशियारीपूर्वक गर्नु राम्रो हुन्छ ।