आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कन्या
२०६५ साल » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यस राशिको यस वर्ष वैशाख ५ गतेबाट राहु पाँचौ र केतु एघारौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फबाट तपाइलाई शारिरिक कष्ट होला । मनको व्यथा हुने योग छ । उच्च रक्तचापको वृद्धि होला । शरिरमा, शिरमा चोट लाग्न सक्ला । विद्या र सन्तानको विषयमा चिन्ता होला । स्त्रीसँगको कलहले मनमा सन्ताप होला । तपाइको स्वभावका कारणले तपाईलाई अधिक कष्ट हुनसक्ला । भाइहरुसँग खटपट पर्ला । कल्पना शक्ति भने प्रबल रहला । मनमा विभिन्न तर्कनाहरु आउनेछन् । मनोमानी गर्ने आदतले हानी हुन सक्ला । कुनै दुर्लभ बस्तु हात पर्न सक्ला । नोकरी र व्यापार मध्यम चल्ला ।

गुरु बृहस्पति वैशाख ७ गते नीच भएर पाँचौ स्थानमा जानाले अध्ययन र पठनपाठनमा रोकिइरोकिइ अगाडि बढ्नु पर्ला । लेखन र प्रवचनमा रुचि रहला र सफलता कमै मिल्ला । जेठ १८ बाट बक्री भएर चौथो स्थानमा फर्किनाले तपाईलाई यो समय कष्टकारी होला । उच्च अधिकारी वर्ग तपाई शत्रु बन्लान् । पुरानो चिन्ताले पिच्छा गरिरहला । शत्रु तथा विपक्षीहरुदेखि अत्यन्तै सावधान रहनुहोला । र्सर्ङ्गघषले जीवनको डुङ्गापार होला तर पनि परिवारको झमेला निराकरण हुनेछैन ।

भदौ २५ गतेबा मार्गी गुरु चौथो स्थानमा सुल्टो भ्रमण गर्न थाल्नाले शुभ फल प्राप्त हुन थाल्लान् । तर पनि तपाईमा पुरुषार्थको कमी नै होला । भाग्यले उल्टो गति लेला। अध्ययनमा गनि त्यति राम्रो छैन । यदाकदा धनको हानि होला । स्वास्थ्यमा सामान्य समस्याहरु देखिएलान् । ज्यादा परिश्रम र र्सर्ङ्गघषले मात्रै पदोन्नति होला । विवादमा तपाईलाई सफलता मिल्ला ।

मंसिर १८ गतेदेखि गुरुका तर्फबाट भावनात्मक सम्बन्धले सहायता मिल्ला । भाग्यशालीहरुको विदेश यात्रा होला । प्रवासमा सुख लाभ र धनको प्राप्ति होला । असल साथी फेला पर्लान् । घरायसी समस्याको समाधान होला तर नीच राशिमा हुनाले बताएबमोजिम शुभ फल प्राप्त नहुन सक्छ ।

शनि बाह्रौँ स्थानमा भ्रमण गर्दै हुनाले तर्फबाट साँढेसाती शनि दशा छ । तपाइलाई चोर डाँकु, वा रोगबाट धनको हानि गराउला । र्सवाङ्ग शरिर दुख्ला । स्वास्थ्यमा राम्रो ख्याल राख्नुपर्ला । विवाद र झगडाबाट बच्नु राम्रो होला । कामकाज व्यवसायमा झमेला पर्ला । सवारीको प्रयोगमा सावधान रहनुपर्ला ।

पुस २० भन्दा पछाडि शनि बक्री बाह्रौ हुनाले तपाइलाई उल्टो फल दिनेछ । शारिरिक कष्टको सामना गनुपर्ला । परिवारको उत्तरदायित्व बढ्ला । कुनै व्यक्तिगत कारणले आर्थिक मानसिक कष्ट भोग्नुपर्ला । व्यवसायमा बिचल्लीको अवस्था आउला । नोकरी जीविकोपार्जनका लागि समस्या आउला । विरोधको सामना गनुपर्ला । धनकर्जा लेनदेनको काममा चिन्ता बढिरहला । नावालकको सेवा गर्नाले र गरिबको सेवा गर्नाले अशुभ फलको सट्टा शुभ फल मिल्नेछ ।