आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

सिंह
२०६५ साल » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यस राशिको लागि सालको सुरुबाटै छैठौ स्थानमा राहु र बाह्रौ स्थानमा केतुले भ्रमण गर्दै आएकाले अध्ययनमा पूर्णता प्राप्ति होला । व्यापारमा पनि सामान्य सफलता मिल्ला । आफन्तले सक्दो मात्रा सहयोग गर्लान् । सामाजिक प्रतिष्ठामा कमि आउला । बच्चा बच्चीका विचमा राम्रो प्रभाव पैदा होला । गृहलक्ष्मी असन्तुष्ट होलिन् । सम्पत्तिको विषयमा भने विवाद पर्न सक्छ । सट्टा पट्टाको कामबाट अल्प लाभ होला । अचानक धन सम्पत्तिको लाभ होला । स्वार्थ र लालचाको भावना केही हदसम्म बढ्ला । पेट हड्डीसम्बन्धी रोगले सताउला । एक्लै टाढाको यात्रा गर्नु नराम्रो हुनेछ । पत्नी र बच्चाको सुख सामान्य हुनेछ । पारिवारिक जीवा कठिन रहला ।

बृहस्पति वैशाख ७ गते छैठौँ स्थानमा जानाले यस अवधिमा बृहस्पतिका प्रभावले तपाइमा पारिवारिक दायित्व बढ्ला । आर्थिक लेनदेनको काममा सावधान रहनुपर्ला । विविध प्रकारको आन्तरिक रोगले तपाइलाई सताउला । स्वास्थ्यको रक्षा गर्नु राम्रो हुनेछ । घरायसी सुख सामान्य होला । व्यवसायमा परिश्रम अनुसारको सफलता मिल्ला । क्रमिक उन्नतिका लागि नैतिक आधार बन्ला ।

जेठ १८ पछाडि गुरु उल्टो गतिबाट पाँचौ स्थानमा फर्किलाने त्यसपछिको अवधिमा रोकिई रोकिई काम होला । बौद्धिक विकास तथा लेखन अध्ययनमा रुचि बढ्ला । एकाग्र मनले निर्भीक भएर काम गर्नु राम्रो हुनेछ । आकस्मिक धनको लाभको सम्भावना छ । लामो योजनाबाट धनको लाभ होला । पुरानो मित्रको सहयोग मिल्ला । आत्मगौरवको अनुभव होला । भदौ २४ पछाडि र मंसिर १८ गते अगाडिको अवधिमा गुरुका तर्फबाट तपाईलाई धेरै लाभ होला । मंसिरभन्दा पछाडिको अवधिमा फेरि जेठ १८ अगाडिको जस्तो फल मिल्ला । शनि ग्रह बितेका वर्ष देखि नै जन्मराशिमा भ्रमण गर्दै आएको छ । तपाईका लागी मध्य साँढेसाती शनि दशा छ । अतः शनिको तर्फबाट आलस्य र लावरवाहीले कहिलेकाँही समस्या आउन सक्ला । कहिलेकाँही लाभ हुने ठाँउमा हानिको सम्भावना छ । तपाइमा मानसिक तनाव बढ्ला । धातु क्षयका कारणले शरिर निर्बल होला । प्रत्येक काममा केही कठिनाइ बढ्न जाला । नयाँ योजना तर्फ ध्यान दिनुहोला ।


पौष २० भन्दा पछि शनिका तर्फबाट तपाईलाई शारिरिक कष्ट बढाउला । व्यापारको अवस्था सामान्य रहला । परिवारप्रतिको दयित्व बढ्ला । व्यक्तिगत कारणले मानसिक तथा आर्थिक समस्या आइपर्ला । व्यवसायको अवस्था चलायमान रहला । नोकरी गर्नेहरुका लागि पनि स्थिति विवादपूर्णा रहला । ऋण लेनदेनमा चिन्ता झमेला पर्ला । यस्तो विपरित स्थिति भएमा समाजसेवा गनुपर्नेछ । समस्या समाधानमा सहयोग मिल्ला ।