२०६५ साल » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यस वर्ष केतु तपाइको जन्मस्थानमा र सातौ स्थानमा राहु रहेका छन् । राहु र केतुका स्थानका प्रभावले यस वर्ष तपाइलाई हर्ष प्राप्ति होला । पारिवारिक समस्या भएता पनि त्यो समाधान होला । स्वतन्त्र उद्योग धन्दा सञ्चालनमा सफलता मिल्नेछ । समाजमा इज्जत थपिएला । चलाख मानिसको अनुकूलता अनुसार सहयोग प्राप्त होला । पासपोर्ट नागरिकता सम्बन्धी काम भए अलि अप्ठेरो पर्न सक्ला । गुरुजनसँगको मार्गदर्शनले आफ्नो समस्या समाधान होला ।
गुरु बृहस्पति वैशाख ७ गते मकर राशिमा जाने र जेठको सुरुमा बक्री भएर १८ गते फेरी धनु राशिमा आउनेछ । त्यसकारण गुरुका तर्फबाट वैशाख ७ गतेदेखि अधिक कामको प्रयत्न गर्नाले निजी जीवन सुखी र मृद्ध रहला । मानसिक सन्तुलनको प्राप्ति हुनेछ । स्त्री पुत्रको सुख उत्तम रहनेछ । प्रयास गरेका राज्य पक्षबाट सहयोग हुनेछ । द्रव्य लाभ होला । घरायसी बाहनका तर्फबाट सुख सन्तोष मिल्ला । समयले अवस्य पनि साथ देला । मनोरन्जनको मौका मिल्ला । व्यावसायिक सफलताले मन हषिर्त रहला । देश परदेशको यात्राको सम्भावना छ ।
जेठ १८ गतेबाट बक्री अतिचार भई भाद्र २५ गतेसम्म उल्टो भएकाले तपाइलाई मान सम्मान आदिको सम्भावना छ । मनमा चिन्ता होला । अशान्तिको पनि सम्भावना छ । व्यापारमा पनि झमेला आर्इपर्न सक्छ । नयाँ सम्पत्तिकहरुको क्रय विक्रयमा बाधा पर्ला । भाद्र २५ गतेबाट छैठौँ गुरु सुल्टो फर्किनाले सामान्य शुभ अशुभ दुवै फल प्राप्त होला । राजकीय कामबाट अधिक प्रयत्नले काम सफल होला । उद्योग व्यवसायको प्रयासले जीवन सुखी जस्तै रहला । सबै व्यवसाय आर्थिक सामाजिक कामहरु सामान्य हुनेछ ।
मंसिर १८ गतेबाट गुरु साँतौ स्थानमा जानाले सुख र सम्वृद्धि दिनुपर्ने हो तर नीच राशिमा रहेकाले शुभ फल नदिन पनि सक्नेछ । कतैको यात्रा सम्भव रहला ।
शनि ग्रह बितेको वर्षेखि नै द्धितिय स्थानमा भ्रमण गर्दै आएकाले यस सालमा तपाइलाई साँढेसात शनिको दशा अन्तिम अवस्थामा चलेको देखिन्छ । त्यसकारण तपाईलाइ दुश्चित्ता होला । काम काज अल्छी लागेर आउला । लापरवाहीले रोजगारमा, व्यापारमा नराम्रो असर पर्ला औद्योगिक कामकाजमा अपजस आउला । दैनिक कामकाज पनि असफल रहला । अप्रत्याशित कुनै घटनाले मन दुःखी बनाउला । दाम्पत्य जीवनमा अवरोधको सामना गनुपर्ला ।
पौष २० बाट द्धितिय शनि उल्टो फर्किनाले त्यो समयभरि तपाइका लागी ठीक छैन । काम गर्ने शक्ति हराउला ।अधिक लाभको आशामा कमी होला । ऋण रोग र शत्रुको भय रहला । विपरित परिरिस्थतिमा निर्णय क्षमताको कमी होला । धर्मपत्नीको स्वास्थ्यमा ध्यान दिनु राम्रो हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारीको आशा नगर्नुहोला । कठोर परिश्रमले मात्रै जीविका चल्ला ।