आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मिथुन
२०६५ साल » मिथुन राशी
का कि कु घ ङ छ के को हा
यो राशिमा २०६५ सालका लागि राहु आठौँ स्थानमा र केतु दोस्रो स्थानमा रहेका छन् । त्यसकारण तपाईले विभिन्न कष्टहरुको सामना नगर्नु पर्ला तर काम काज गर्दा होसियारीपूर्वक गनुपर्नेछ । पुरानो सम्पत्ति, नोकरी आदि काममा विवादको सम्भावना छ । रोगव्याधीले परिवारमा झमेलाको सम्भावना छ । कर्जा लिनेदिने काम हानिकारक होला । तपाइँको भाग्यपक्ष दुर्बल रहला । कुनै काममा पनि पुर्ण सफलता नमिल्ला । सुख तथा आनन्दको सही अनुभव नहोला । तपाँइको शक्ति साधारण रहला र उज्ज्वल भविष्य चिन्तामा मात्र सीमित होला । रसिलो मिजासले मात्रा काम सम्पन्न गर्नमा सजिलो होला ।

गुरु बृहस्पति आठौँ स्थानमा भएकाले बैशाख ७ गतेबाट तपाईलाई केही अशुभ फल प्राप्त होला । मनमा शान्ति हुने छैन । बाहन दुर्घटनाको योग । निजी कामको अधिकारको हनन् हुनसक्ला । लिभरको खरावीको सम्भावना छ ।

बृहस्पति ग्रह जेठ ४ गतेदेखि बक्री भई जेठ १८ बाट बक्री अचिचार भएन पुनः सातौँ स्थानमा फर्किएकाले मान अपमानको विषयमा प्रश्न पैदा होला । मनमा अशान्ति तथा चिन्ता होला । व्यवसायमा समस्या आउला । नयाँ सम्पत्ति बाहन क्रय विक्रयको योग रहला ।

भाद्र २५ गतेबाट गुरु मार्गी भएर सुल्टो फर्किनाले तपाईलाई सन्तोषजनक द्रव्य लाभ होला । गृह व्यवहारमा सुख सन्तोष होला व्यवसायिक अनुकुलता कायम रहला । समाजका प्रतिष्ठा थपिएला । मनले चिताएअनुसार आर्थिक लाभ होला । शारिरिक सुख सामान्य रहला । प्रतिस्पर्धामा सफलता मिल्ला ।

मंसिर १८ गतेबाट बृहस्पतिले सातौँ स्थान पार गरी आठौँ स्थानमा प्रवेश गरेकाले अब तपाइँलाई अशुभ फल प्राप्त हुनेछ । कही पनि शान्ति हुनेछैन । निजी काम निजी अधिकारको हानी होला । भ्रमको पीडाको सम्भावना छ र कठोर बोली आउला । कान्तिमा हानि होला । पद च्युत हुनुपर्ला ।


शनि ग्रह बितेकै वर्षेखि तेस्रो स्थानमा भ्रमण गर्दै आएकाले यस सालमा शनि शुभ छ । तपाईलाइ उचित मात्रामा सफलता मिल्ला । व्यवसायमा सुधार होला । धार्मिक काममा रुचि बढाउनु राम्रो होला । विद्यमान समस्याको हल होला । तपाईलाई मानसिक शान्ति मिल्ला। समयले अवश्य पनि साथ दिनेछ । व्यत्तित्व विकास हुनेछ । मान सम्मानमा वृद्धि होला । नयाँ जनसम्पर्क प्रसन्नता वा धन आर्जनको मौका मिल्ला ।

पुस २० बाट बक्री शनि उल्टो फर्किएनाले तृतीय र शनिले मध्यम फल देला । इच्छित कार्यमा दोधार होला । शुभ कार्यमा बाधा विध्न पर्ला । सट्टा पट्टा वा शेयरको बारोवारमा एक दुइ फेर क्षति होला । नोकरी वा ऋण व्यवसाय इच्छालागे अनुसार गरेका सफलता मिल्ला । बहुमुखी ज्ञान शक्तिको विकास गर्न तपाइको मुख्य लक्ष्य तपाई एक प्रतिभाशाली छात्रका रुपमा पुरस्कृत हुने सम्भावना छ । माता पिता वा गुरुजनको आदेशमा काम गरे तपाइको हित होला। । खेती गृहस्थी र वागवानिको काम गर्दै हुनुहुन्छ भने राम्रो सफलता मिल्ला ।