२०६५ साल » वृष राशी
इ उ ए ओ वा वी वु वे वो
यस राशिको यस वर्ष राहुको स्थान नवौँ र केतुको स्थान तेस्रो रहेको छ । राहु र केतुको स्थानको प्रभावले तपाइको शक्ति र साहस बढ्ला, मित्रहरु थपिएलान् । शत्रुहरु पराजित होलान् । समयले साथ दिनेछ । विपक्षीहरुसँग पनि सम्झौता गनुपर्ला । लेखन र प्रकाशनको काममा पनि सफलता मिल्ला । अध्ययन अध्यापनमा पनि परिश्रम अनुसारको सफलता प्राप्त होला तर मान्यजनमा दुःख कष्टको सम्भावना छ । कान्ति मलिन रहला । केही मात्रामा हतास र निराश हुनुपर्ला ।
गुरु बृहस्पति वैशाख ७ गतेबाट नीच भएर नवौँ स्थानमा गएकोले तपाईलाई शुभ फलको प्राप्त होला । समयले अवश्य पनि साथ देला । सबैतिरको सौभाग्य मिल्लेछ । कामकाजमा सफलता मिल्ला । समाजमा इज्जत थपिएला । सामाजिक प्रतिष्ठा बढ्ला । समयले अवश्य पनि साथ देला । पुत्र परिवारका तर्फबाट सन्तोष मिल्ला । शुभ फलको प्राप्ति होला ।
जेठ १८ गने बृहस्पति ग्रह बक्री भएर अतिचारबाट फेरि आठौँ स्थानमा फर्केबाट तपाइको यात्रा त्यस पछाडिको समयका कष्टकर होला । परिश्रम गनुपर्ला । धनको नाश होला । मन खिन्न रहला । रोग, भोक, शोक, बन्धन, चोट, डाँकाको भय आदि रहला । कान्ति मलिन होला । पदभ्रष्ट वा पदच्युतको सम्भावना छ । भदौ २५ बाट गुरु मार्गी भए पनि मंसिर १८ गतेबाट मात्र गुरुले आठौँ स्थान छोडेर नवौँ स्थानमा जाने हो । त्यसपछि भने गुरुको बलले तपाईलाइ भाग्यले साथ देला । व्यवसाय सफल रहला । धनको प्राप्तिको होला । तपाइलाई उत्तम सुख मिल्नेछ । पठनपाठनमा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको पनि योग रहेको छ । पुत्रसुख पर्ने हो तर नीज गुरुको फल सबै शुभ नहुन पनि सक्छ ।
शनि ग्रह गएको वर्षेखि नै चतुर्थ स्थानमा घुम्दै आएको छ । त्यसकारण तपाइलाई अढैया शनिको फल प्राप्त होला । यस वर्ष पनि भइरहनेछ । तपाइको पारिवारिक वातावरणमा गोलमाल हुनसक्ला । मानसिक तनावको सम्भावना रहेको छ । स्वावलम्बी विकासको काममा रुचि बढाउनु राम्रो हुनेछ । आर्थिक लाभ र धन आर्जनको काममा दिक्क रहनुपर्ला । तपाइको काम काज पनि व्यर्थको होला । घरमा अशान्तिको क्रम जारी रहला । थोरै मात्रै लाभले गुजारा चलाउनु पर्नेछ । विद्यार्थीहरुले अधिक मात्रामा मेहनत गर्नुपर्नेछ । मेहनत चाँहि खेर जाने छैन ।
पुस २० भन्दा पछाडि बक्री शनिका कारणले व्यक्तित्वको विकासमा बाधा पर्ला । विश्वासिला सहयोगीले पनि धोका दिनाले तपाइका उदासिनता छाउनेछ । शारिरिक सुखमा बाँधा पर्ने देखिन्छ । चिन्तनीय परिरिस्थतिमा व्यस्त रहनुपर्ला । सानोतिनो दैनिक आर्जनको काम गर्नु राम्रो होला । बेरोजगारी समस्याको समाधान होला । आकाश छुने खालको आकांक्षा त्याग्नु राम्रो होला । नोकरी र व्यापारमा सक्रिय रहेर उन्नतिमा अघि बढ्नु राम्रो होला । समाज सेवातर्फअग्रसर भएमा राजनीतिक पृष्ठभूमि बलियो होला ।