आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मीन
२०६५ साल » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस राशिमा यस वर्षराहु केतु क्रमशः एघारौँ र पाँचौ स्थानको भ्रमण गर्दै हुनाले यस सालमा राहू र केतुका तर्फबाट मीठो बचन बोल्नाले तपाइलाई धोका दिनेछन् । बौद्धिक व्यक्तित्वको विकास होला । दैनिक जीवनमा तपाइलाई कठिनाइ पनि आउला तर पनि तपाइको प्रगति हुनेछ । तपाईलाई कुनै एक बफादार सहयोगीको आवश्यकता पर्ला । शारिरिक सुख मध्यम रहला । आकस्मिक धन प्राप्तिको जिज्ञासा रहला । महिलाका लागी सुख मध्यम रहला । घरेलु समस्याहरु सुल्झनेछन। दुर्भावनाको निकारण होला आफ्नो कर्मक्षेत्रमा सफलता मिल्ला । गुरुजनको आर्शिवाद र सहयोग मिल्ला । न्रि्रा धेरै नलिनु राम्रो हुनेछ । तपाइको बिग्रिएको काम बन्ला । बनेको काम बिग्रिएला । आफ्नो परिवारसँग तपाइको समझदारी होला ।

गुरु बृहस्पति वैशाख महिनाको ७ गतेबाट एघारौँ स्थानमा जानाले शुभ फलको प्रारम्भ हुनेछ । शुभ फलको उत्तरोत्तर प्रगति होला । रोजीरोटी आर्जनको लागि काम मिल्ला । धन आर्जनमा सहयोग मिल्ला । जेठ १८ गतेबाट बक्री गुरु दसौँ स्थानमा फर्किनाले समय त्यसपछि त्यत्ति ठीक नहोला । मनमा तनाव बढ्ला । विलासिताका कार्यमा धनको खर्च होला । हरेक काममा सावधानी अपनाउनुपर्ला । साहस र सावधानीपूर्वक बौद्धिक काम गनु राम्रो होला ।

भदौ २५ गतेभन्दा उता गुरुका तर्फबाट तपाइलाई सामान्य फल मिल्ला । सामाजिक कामबाट मध्यम फल प्राप्त होला । अल्प लाभ होला । जस पाउन काम गर्ने अवसर पर्ला । नैतिक चरित्र एवं पुण्य सत्कारको वृद्धि होला । ज्ञान बुद्धिको विकास होला । परीक्षा प्रतियोगितामा सफल हुनका लागी पूर्णाप्रतिस्पर्धा गनुपर्ला । एकान्त चिन्तनले काममा सफलता मिल्ला । समयले मध्यम साथ देला ।


मंसिर १८ बाट गुरु दसौँ स्थानमा जानाले तपाइलाई पर्याप्त मात्रामा लाभ हुदै जानुपर्ने हो तर नीच राशिमा भएकाले सधै लाभ नगर्ने पनि हुन्छ । त्यसकारण तपाइलाई सामान्य फल मात्रै प्राप्त हुन सक्छ । तपाइलाई सन्तान तथा स्थानको लाभ हुन सक्ला । सम्मानमा वृद्धि होला । व्यवसायमा सफलता मिल्दै जाला । तपाइको कान्ति सुन्दर होला । बलमा वृद्धि होला । शत्रुको हान होला ।

शनि ग्रह बितेको सालदेखि नै छैठौँ स्थानम भ्रमण गर्दै आएकाले तपाइँलाई परोपकारको काममा रुचि बढ्ला । परिवारको दायित्व बढ्ला । नयाँ जनसँगको सर्म्पर्कले मन प्रसन्न रहला । समयले साथ देला । प्रतिस्पर्धा र प्रतियोगिताका सफलता मिल्ला । रचनात्मक काममा रुचि होला । मान र प्रभावको वृद्धि होला । दाम्पत्यजीवन सुखमय रहला । ज्ञानको सहयोगले व्यक्तित्वको विकास होला । मानसिक सुख शान्ति मिल्ला ।


पुस २० पछाडि बक्री शनिका प्रभावले मन अशान्त रहला । अनावश्यक विवाद पर्ला । स्वास्थ्यमा समस्या देखिएला । इष्टदेवताको ध्यानमा मन लाग्ला । समयले तपाइलाई साथ देला । अर्कासँगको रकम असुल गर्न अवरोध पर्ला । शेयर खरिद ब्रि्रीमा लाभ होला । राजनीति, रोजगार तथा अज्य क्षेत्रमा अरु शक्तिहरुले घात पर्ुयाउलान् । सहायता गर्छुभन्नेले धोका दिनेछन् । कठिन परिश्रमले मात्रै विपरित परिस्थितिको निराकरण होला । सामाजिक सेवामा भाल लिनाले तपाइलाई राम्रो हुनेछ ।