२०६५ साल » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यस राशिमा यस वर्ष राहु केतुले तपाइको राशिको वैशाख ५ गतेबाट बाह्रौँ र छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण यस वर्ष राहु र केतुका स्थानका प्रभावले नोकरी वा अन्य व्यवसाय स्थिर रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । धेरै धन्दामा काम गर्ने मानिसलाई पर्याप्त लाभ होला । नशा लाग्ने पर्दाथबाट बच्नु होला । पराक्रम र शक्तिको विकास होला । आलस्य त्याग्नु जरुरी छ । कानुनी कार्यमा खर्च बढ्ला । पत्नी र पत्रको सुख सामान्य रहनेछ । धर्मप्रति सदिच्छा बढेर जानेछ । घर गृहस्थीको कार्य सञ्चालनमा दक्षता बढ्ला । राम्रो स्वभावको मान्छे मिल्ला । मान प्रटिष्ठा प्राप्त होला । शारिरिक र मानसिक स्वास्थ्य सामान्य रहला ।
गुरु बृहस्पति ७ गतेबाट बाह्रौ स्थानमा जानाले तपाइको धनको हानी होला । नाता कुटुम्बबाट पीडा होला । विविध भौतिक काममा लगानी होला । अनवरत संर्घष बढ्ला । मानसिक नोक्सानीको वृद्धि होला । तपाइको दिमाग कमजोर रहला ।
जेठ महिनाबाट गुरु बक्री अतिचार गई एघारौँ स्थानमा जानाले केही समय तपाइको लागि कष्टकर होला । अधिक परिश्रम गनुपर्ला । भदौ २५ गतेबाट एघारौँ गुरुमार्गी हुनाले त्यसपछि कोही अज्ञात व्यक्तिको शक्तिले तपाइलाई मार्गदर्शन गर्नेछन् । इष्ट देवताको पूजा अर्चना गर्नाले र सद् गुरुप्रति भक्ति भाव राख्नाले महत्वपुर्ण काममा सफलता होला । तपाईले सिद्धि प्राप्त गनुहोला ।
मंसिर १८ गतेबाट गुरुले एघारौँ स्थान पार गरी बाह्रौँ जानाले अब आँखामा असर पर्न सक्ला । परिवारमा वादविवाद पर्ला । तपाइलाई मानसिक कष्ट बढ्ला । दौडधूप र फाल्टु काममा अधिक समय खर्च होला ।
शनि ग्रह सातौँ स्थानमा गएको सालदेखि नै भ्रमण गर्दै आएको छ । यस कारण आफन्त सहकर्मीसँग राम्रो सम्बन्ध राख्नु राम्रो हुनेछ । धार्मिक तथा राजनितीक काममा व्यर्थैको वाधाविरोध होला । निजी काममा पनि घरकौ मान्छे बाधक हुनेछन् । स्त्री सन्तानका बारेमा ध्यान दिनुपर्ला । व्यर्थैको खर्चको भार पर्ला ।
पुस २० गतेबाट बकी शनिले कर्मक्षेत्रमा प्र्रतिस्पर्धा पर्ला । कटुता बढ्ला । कडा बोल्नाले हानि होला । परोपकारको काम गर्नाले समाजसेवाको काममा भाग लिनाले तपाइका लागि राम्रो होला । तपाई व्यापारी, उद्योगपति, नोकरीजीवी हुनुहुन्छ भने पछि कुनै स्वार्थी मानिसले तपाइको कार्ययोजनामा वाधा पुर्याउने छ । कुनै जादु मन्त्र तन्त्र गर्नेले पनि तपाइलाई दुःख दिन सक्नेछन् । पूँजी र क्षमताको कहिलेकाहीँ समस्या जटिल पर्ला जसको समाधान आफैले गनुपर्नेछ ।