आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मकर
२०६५ साल » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस राशिमा यस वर्ष राहु तपाइको राशिको जन्मस्थानमा र केतु सातौँ स्थानमा रहेका हुनाले तपाईलाई भाग्यको अल्प सहयोग होला । परिवारमा कसैको तक्दिर चम्किएला । आम्दानी भरसक राम्रै होला तर पनि दुःख कष्टको क्रम जारी रहला । प्रत्येक विवादमा प्रचुर कठिनाइले मात्र विजय प्राप्त् होला । दाताको सहयोगले नोकरी व्यवसायमा सहयोग होला । भोगविलासमा रुचि बढ्ला । वाणी कडा हुने ठाँउमा विश्वासी र साहसी बन्नुपर्ला । लकिर फकिरलाई साथमा लिएर केही पनि काम नगर्नु । राजनीति तथा लेखन प्रतियोगितामा तपाइलाई सफलता मिल्ला ।


ग्रह बृहस्पति बाह्रौँ स्थानमा जानाले असजिलो परिस्थितिको हल होला । जेठ महिनाबाट गुरु बक्री भएर फर्किनाले अशान्ति र अनावश्यक परिवर्तनले हालत खराब होला । कठोर परिश्रम वा सहनशीलताले जीवन निर्वाह होला । भाग्यमा अवरोध आइपर्ला तर पनि मान सम्मान प्रभाव र प्रतिष्ठा बढ्ला । सत्कर्मको बढोत्तरी होला । साहस बढ्ला । पुरुषार्थ थपिएला । तपाईले आफ्नो शक्ति बढाउनु अनिवार्य छ । आर्थिक व्यवहारमा चिन्ता बढ्ला । व्यवसायमा सफलता सामान्य होला । पत्नी र बच्चाको स्वास्थ्यमा ध्यान दिनु राम्रो होला ।


मंसिर महिनाबाट गुरु जन्मराशिमा जानाले परिस्थितिमा सामान्य सुधार होला । केही अज्ञात शक्तिको सहयोगले र श्रेष्ठजनको प्रेरणाले तपाइका आपत् र अष्ठेराहरु र्टर्नेछन् । अर्काको अधीनमा कुनै पनि काम नगर्नु राम्रो हुनेछ । आफ्नो आत्मशक्ति तथा साहसले कुनै नयाँ उपलब्धि हुन सक्ला ।

शनि ग्रह विगतको वर्षदेखि नै आठौँ अढैयामा रहेकाले तपाईलाई शनिको पूर्णा अशुभ हुनेछ । सन्तानको हानी होला । सन्तानबाट कष्टको सामना गनुपर्ला । धनको, मित्रको आदि हानि हुन सक्नेछ । काम असफल हुने सम्भावना छ । आर्थिक उद्देश्यमा व्यर्थैको अवरोध होला । उपचारमा खर्च ज्यादा होला । प्रवासको यात्रा कष्टकारी होला । आयु तथा आरोग्यमा बाधा योग छ । हात पाउ कम्मरमा यदाकदा पीडा होला । पुस २० बाट शनि उल्टो फर्किनाले तपाइलाई कष्टकारी नै होला । औद्योगिक कार्यमा अवरोध पर्ला । कामकाजमा कठिनाई पर्ला । जीवनसाथी र परिवारका तर्फबाट पनि सोचेजस्तो सफलता नमिल्ला । समझदारीले तपाइको जटिल समस्या समाधान हुनेछ । बिस्तारै परिवर्तनको चेष्टा गर्नु राम्रो होला । तपाइको सत्प्रयत्नले विशिष्ट गुरजनको सहयोग अवश्य पनि मिल्ला । सामाजिक सेवा, परोपकार अनाथको हेरचाह आदि काम गर्नाले तपाइलाई शान्ति मिल्नेछ ।