२०६५ साल » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो राशिमा वैशाख ५ गतेबाट राहु दसौँ स्थानमा र केतु चौथो स्थानमा रहका छन् । राहु र केतुको स्थान प्रभावका कारणले गर्दा यस वर्ष तपाईलाई अशुभ फलहरु प्राप्त होलान् । भाइबन्धु वा आफन्तहरुले तपाइको खिल्ली उडाउने छन् । तपाइले आफ्नो विवेक र बुद्धिलाई नियन्त्रणमा लिएर काम गर्नु राम्रो हुनेछ । विचार नपुराएमा बेकारमा तपाई अर्काको नियन्त्रणमा पर्न सक्ने सभ्भावना छ । परिश्रम अनुसारको सफलता मिल्नेछ । जीविकोपार्जन लागी राहु र केतु राम्रो हुने छैन । तर पनि बालबच्चाको भविष्य भने नराम्रो रहला । राहु र केतुका स्थानका प्रभावले अनेक नयाँ किसिमको नोक्सानी हुनसक्ला । तपाइको शरिर दुर्बल रहला ।
गुरु बृहस्पति दसौँ स्थानमा छ । दसौँ बृहस्पति वैशाख ७ गते बक्री भएर जेठ १८ गतेबाट पुनः धनु राशिमा फर्किनेछ । जेठ १८ बाट भदौ २५ सम्म अर्थाक बक्री अवधिभर बृहस्पतिका तर्फबाट परिवारको सदस्यको स्वास्थ्यमा समस्या देखिनेछ । अनेक किसिमको भय हुन सक्छ । अविवाहिता महिलाले देवताको ध्यानमा मन लगाउनुपछ । परोपकारको काम गरेमा मन शान्त हुन सक्छ । समाज र परिवारकाट राम्रो प्रतिक्रिया प्राप्त हुने छैन । खानपान र लत्ता कपडा, मनोरञ्जन आदिमा बिना सोचविचार मनोमानी खर्च हुनेछ ।
भदौ २५ बाट गुरु आफ्नो सिधा बाटोमा आउनाले त्यसपछि गुरुका तर्फबाट तपाईलाई प्रशस्तै लाभ हुनेछ । तपाइलाई सोच्दै नसोचेको काममा सफलता मिल्नेछ । मंसिर १८ गतेबाट गुरु दसौं स्थानमा जानाले त्यसपछिका दिनहरु सामान्य रहलान् । थोरै लाभको समय पर्ला । मान यशको अवसर मिल्ला । नैतिक चरित्रको, पुण्य संस्कारको विकास होला । परीक्षा र प्रतियोगितामा पूर्णा परिश्रम गर्नुपर्ला । एकान्त चिन्तनले सफलता मिल्ला । शनि ग्रह पोहोरबाटै पाँचौ स्थानमा रहदै आएकोले शनिको तर्फबाट तपाइलाई विविध अन्न, द्रव्य, वस्त्र उपहार आदि प्राप्त होला । मेष राशिवाला वृद्ध व्यक्तिलाई दर्ुघटनाको भय छ । अन्य उमेरकालाई सुख सहयोग सामान्य रहला । धनको आर्जन गर्नमा दिक्दारिता लाग्ला तर कुनै पनि जरुरी कामहरु अवश्य पनि बन्दै रहला । गोचरफल अनुसार पुत्रको स्वास्थ्यमा समस्या देखिएला । धनको हानी हुन सक्दछ ।
पुस २० बाट बक्री शनिले उल्टो गति लिनेछ । तपाइको व्यक्तित्वको विकास होला । विश्वासिला मान्छेहरुको सहयोग भए पनि तपाइको मन असन्तुष्ट रहला । शरीरको सुखमा बाधा अड्चन आउला । चिन्तायुक्त परिस्थितिको सामना गर्दागर्दै समय बित्ला धन आर्जनको प्रयास केही मात्रामा सफल होला । एकाएक आकाश छुने काम नगर्नुहोला । नोकरी र व्यापारमा प्रयत्न गरे तपाइलाई सफलता मिल्नेछ । समाज सेवामा तीव्र अगाडि बढ्नुभएमा राम्रो हुनेछ । तपाइको व्यापारिक तथा राजनीतिक पृष्ठभुमि बलियो हुनेछ । भूमिसम्बन्धी किनबेचको काममा थोरै सफलता मिल्नेछ । अभिभावक तथा गुरुको आदेश अनुसार चल्नु राम्रो हुने देखिएको छ ।