२०६५ साल » श्रावण महिना » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यस महिनामा सूर्यले तपाईको जन्मराशिको पाँचौ स्थानको भ्रमण गर्दै छन् । पाँचौ स्थानमा रहनाका कारणले तपाईलाई शोक चिन्ता दुःख आदि पर्न सक्ला । मोहका कारण मन वेचैन होला । तपाईले असहायजस्तो महसुस गर्नुपर्ला । पुत्र परिवारका तर्फाट तपाई निराश हुनुपर्ला । तपाईको मन अशान्त रहला ।
मंगल ग्रह साँतौ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाई तपाईका आफन्तले हानि पुर्याउलान् । महिलासँग कलह होला । आँखा पेटमा रोगले सताउला । भाइ सन्तानले तपाईको रीस गर्नेछन् ।
बुध तपाईको राशिको पाँचौ स्थानमा भ्रमण गर्दै हुनाले स्त्री सँग कलह होला । व्यवसायमा पनि यताउता समस्या देखिएला । गर्मीको कारण शरिर शिथिल हुनेछ । काम कार्यमा आलस्यता थपिएला । अवरोध अनि विरोध पर्न सक्ला । शुक्र तपाइको चौथो स्थानको भ्रमण गर्दै हुनाले महिलावर्ग वा मित्रजनबाट सुख सहयोग होला । आफन्तले सक्दो सहयोग गर्लान् । गृह भुमि र कृषिबाट आर्थिक लाभ होला । काम काजमा सफलता मिल्नेछ ।
२७ गतेबाट बुध छैँठौ स्थानमा जानाले स्थान नाश होला । पुत्र परिवारबाट सहयोग होला । तपाई बसिरहेको ठाउबाट अन्त कतै बर्साई र्सर्नु पर्ला । समाजमा मान सम्मानको प्राप्ति हुन सक्ला । परिश्रम अनुुसारको विजय होला । धन वस्त्र आदिको लाभ होला । १८ गते पछाडि मंगलका तर्फाट तपाइलाई शरिरको समस्या देखिएला । धन मनको हानि होला । हतियारको भय रहला । परदेशका वास होला । पदच्युत हुनुपर्ला । ऋण रोगबाट बाधा होला ।