आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

वृश्चिक
२०६५ साल » श्रावण महिना » वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु
यस महिनामा सुर्यले तपाईको छैठौँ स्थानको भ्रमण गर्दै हुनाले शत्रुहरु नासिएलान् । व्यापारमा वा व्यवसायमा सफलता रहला । पराक्रम बढ्ला । साहस बढ्ला । आर्थिक लाभ होला । मित्रका सहयोगबाट धनको लाभ होला ।


मंगल ग्रह आठौँ स्थानमा भएकाले तपाईको स्वास्थ्यमा समस्या आउला । शरिरमा घाउचोट पर्न सक्ला । धनमालको लाभ होला । प्रवासको यात्रा होला । पदच्युत हुनुपर्ला । ऋणले सताउने सम्भावना छ । परिवारमा मानसिक व्यथाले सताउला । स्वार्थी मानिसबाट धोका होला । अन्त्यमा सुधार र समस्या समाधान होला ।

बुध ग्रह तपाईको राशिको छैठौँ स्थानमा भ्रमण गरेकाले तपाईको स्थान नाशको योग छ । स्थानान्तरणको कारणले पनि केही हुन सक्ला । मन लगाएर काम गर्न नपाउनु होला । मनमा केही मात्रामा भयत्रास पर्ला । स्वजन बन्धुका तर्फबाट केही मात्रामा सुख सहयोग होला ।


शुक्र पाँचौ स्थानमा भएकाले पुत्र परिवारबाट सहयोग होला । नोकरी व्यवसायको रक्षा होला । १२ बाट शुक्र छैठौँ स्थानमा जानाले तपाईलाई आपत विपत पर्ला । परिवारबाट र आफन्तबाट निरास हुनुपर्ला । व्यवसाय र नोकरीमा वाधा योग छ । अन्न, धनको हानि होला । राजपक्षबाट भय होला । शरिर कमजोर होला । शत्रुबाट पराजित हुनुपर्ला । आफन्तले सहयोग सामान्य गर्लान् । धातु क्षय होला । रोजगारीबाट हट्नुपर्ने अवस्था आउला ।