२०६५ साल » श्रावण महिना » तुला राशी
र री रु रे रो ता ती तू ते
यस महिनामा सुर्यले तपाईको जन्मराशिको सातौँ स्थानको भ्रमण गर्दै हुनाले सुर्यका तर्फबाट यस महिनामा तपाईलाई कतैको यात्रा गर्नुपर्ने अवस्था आउला । पेट तथा अन्य अंगको रोगले सताउला । व्यवसायमा बाधा अड्चन मिसिएला । अर्थतन्त्रमा पूरै गिरावट आउला । महत्वपूर्ूण काम स्थापित गर्नु पर्ला । शत्रु तथा सहयोग होला ।
मंगल नवौँ स्थानमा भएकाले काम गर्दा पीडा, ठक्कर गर्न सक्ला । तपाईलाई गर्मी लाग्ला । काममा हार खानुपर्ला । शरिर निर्बल र शक्तिहीन हुने सम्भावना छ । अपमानको सम्भावना छ । रोजगारीबाट पछाडि हट्नुपर्ला । धर्म र भाग्याके हानि होला ।
बुध सातौँ स्थानमा भ्रमण गरेकाले तपाईले विरोधको सामना गर्नु पर्ला । धनको हानि होला । राजभय होला । तपाइलाई शोक सन्तापको सम्भावना छ । क्रोध, जोश र उत्तेजना आउला । काम गर्नमा झिन्झ्याट होला ।
शुक्र छैठौँ हुनाले स्त्रीबाट धोका चिन्ता आदि पर्ला । अथवा महिलामा पीडा होला । शोक र परिश्रमले जीविकापार्जन होला । कुनै गुप्त रोग हुनसक्ला । अध्ययनमा रुचि कम रहला । आफ्नो कर्तव्यको लागि बफदार रहनुपर्ला । १२ गतेबाट शुक्र सातौँ स्थानमा जानाले पूर्व फल अनुसार शोक चिन्ता पर्ला । मानसिक पीडा होला । मनमा सन्ताप, रोग शोक आदिको सम्भावना छ ।
१७ गतेबाट वुध आठौँ स्थानमा जानाले तपाईलाई पारिवारिक सुख होला । धनको लाभ होला । बुद्धिको विकास होला । मन भने अशान्त रहला । खानामा अरुचि होला । झूठा दोसको सामना गर्नु पर्ला । १८ गतेबाट मंगलबाट मंगल दसौँ स्थानमा जानाले शुभ लाभ होला । कामकाजमा सफलता मिल्ला ।