२०६५ साल » श्रावण महिना » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यस महिनामा सुर्यले तपाईको राशिको आठौँ स्थानको भ्रमण गर्दै हुनाले तपाईले संकट भोग्नुपर्ला । कामकाजमा पीडा होला । व्यापार वा व्यवसायमा सफलता सामान्य रहला । मानसिक चिन्ता होला । धनको हानि हुनेछ । कृषि व्यवसाय नोकरी आदि काममा आमूल परिवर्तनको आशा गर्नु बेकार होला । मनमा अनेक तरहको कुरा खेलिरहला ।
मंगल ग्रह तपाईको राशिको दसौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाईबाई शुभ लाभ प्रशस्तै हुनुपर्ने हो । व्यवसायमा सफलता मिल्ला । आफन्तले सकदो सहयोग गर्लान् । पराक्रम थपिएला दुष्टहरुले सताउन सक्लान् । रुखो भोजनको प्राप्ति होला । धनको अवश्य पनि लाभ होला । अध्ययन परिश्रमअनुसारको सफलता अवश्य पनि मिल्ला ।
बुध ग्रह तपाईको राशिको आठौँ स्थानमा भएकाले तपाईलाई धनको लाभ होला । पुत्रपुत्री र परिवारबाट सुख सन्ताषको प्राप्ति होला । आफन्तले सक्दो सहयोग गर्लान् । बुद्धिको विकास होला । मन अशान्त रहला । योजनामा अरुचि बढ्ला । झूठा दोषको सामना गर्नुपर्ला । तपाईलाई शुभ अशुभ दुवै प्रकारको फल प्राप्त होला ।
शुक्र ग्रह सातौँ स्थानमा भ्रमण गरेकाले तपाईलाई शोक चिन्ता आदि पर्न सक्ला । महिलाको दवावको सामना गर्नुपर्ला । परिश्रमले जीविकापार्जन होला । भोग विलासको काममा रुचि बढ्ला । १२ गतेबाट शुक्र आठौँ स्थानमा जानाले त्यसपछि शुक्रका तर्फबाट धनको लाभ होला । सम्पत्ति तथा सुखमा वृद्धि होला । दुःख नास होला । विरोधीबाट मुक्ति पाइएला । गृहस्थी सुख मिल्ला । परिरिस्थतिमाथि विजय प्राप्त होला ।
१७ गतेबाट बुध नवौँ स्थानमा काममा विध्नवाधा शोक चिन्ता आदि पर्न सक्ने सम्भावना छ । व्यावसायमा सफलता सामान्य रहला । नराम्रो भोजन गनुपर्ला । रोगले पीडा होला ।
१८ गतेबाट मंगलका प्रभावले धेरै मात्रामा धनको लाभ हुनुपर्ने हो । स्वास्थ्यमा सुधार होला । जायजेथासम्बन्धी लाभ होला । आनन्द मिल्ला, कामकाज सफल होला । तपाईलाई प्रायः शुभ फल प्राप्त हुनेछ ।