आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

सिंह
२०६५ साल » श्रावण महिना » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यस महिनामा सुर्यले तपाइको जन्म राशिको नवौँ स्थानको भ्रमण गर्दै हुनाले तपाइलाई कान्तिक्षय होला । तपाई कमजोर जस्तो देखिनुहोला । आफन्तबाट विछोडको सम्भावना छ । गरेको प्रयासमा पनि असफलता मिल्न सक्ला । काम गर्ने जाँगरमा कमी आउला । मनमा हैरानी होला ।

मंगल एघारौँ स्थानमा भएकाले मंगलका तर्फबाट तपाईलाई धनको लाभ होला । स्वास्थ्यमा सुधार होला । मनमा आनन्द होला । कामकाजमा सफलता मिल्ला । दाम्पत्यजीवन सुखमय रहला ।


बुध नवौँ स्थानमा भएकाले तपाईलाई बिध्नबाधा, शोक सन्ताप आदिको सामना गर्नुपर्ने अवस्था आँउला । अर्काबाट धोकाको सामना गनुपर्ला । कुअन्नको भोजन गर्नुपर्ला तथा पित्त प्रकृतिको रोगको सामना गर्नुपर्ला ।

शुक्र तपाइको राशिको आठौँ स्थानमा भम्रण गर्दै हुनाले वस्त्र अलंकारबाट लाभ होला । व्यवसायमा सफलता मिल्ला । धर्भकर्ममा रुचि होला । स्वास्थ्यमा सुधार होला । इच्छाअनुसारको वस्तुको प्राप्ति हुनेछ । १२ गतेपछाडि शुक्रबाट तपाईलाई शुभमंगल होला । तीर्थ यात्राको सम्भावना रहेको छ । भाइबन्धु र साथीहरुबाट सुख र सहयोग हुनेछ । मान सम्मानले आर्थिक लाभ होला । १७ गतेबाट बुध दसौ स्थानमा प्रवेश गरेकाले तपाईलाई सुख सन्तोष रहला । मित्रहरुको सहयोग होला । १८ गतेबाट मंगल बाह्रौँ स्थानमा जानाले धनको खर्च अधिक होला । शिर आँखामा रोग लाग्न सक्ला ।