आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

कर्कट
२०६५ साल » श्रावण महिना » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यस महिनामा सूर्यले तपाईको जन्मराशिको प्रथम स्थानको भ्रमण गर्दै हुनुहुन्छ । त्यसकारण स्थान नाशको सम्भावना छ । बसिरहेको ठाँउबाट अन्त कतै बसाइँ र्सर्नुपर्ने हुन सक्ला ब्यर्थैमा शरिरमा थकानको महसुस होला । सामाजिक प्रतिष्ठामा कमी आउला । स्वास्थ्यमा समस्या देखिएला । परिवारका तर्फाट पनि सक्दो मात्रामा सहयोग नहोला ।

मंगल दोस्रो स्थानमा भएकाले भय त्रास पर्ला धनको हानी होला । राजा, चोर, अग्निबाट भय होला । अपरिचित व्यक्तिको विश्वास गर्नाले हानि होला र रोजी कामकाजको स्थिति सामान्य होला ।

बुध ग्रह ६ गतेबाट जन्मराशिका जानाले तपाईलाइ भय बन्धन पर्न सक्ला । कुटुम्बमा विरोध होला । हेक चुक्ली खोरी होला । कुसमयको भोजन र कुसंगतको हानि पुर्याउला । कठिन परिश्रमले मात्रै रोजगारी चल्ला । मित्रजनसँग वादविवाद गर्नुपर्ला ।

शुक्र जन्मराशिका भएकाले शुक्रका तर्फाट र्सवव्यापि सफलता मिल्ला । प्रतिष्ठा थपिएला । धनको नाश होला । शत्रु नासिएलान् । व्यावसायमा सफलता मिल्ला । १६ गते पछाडि शुक्रका तर्फाट धन वस्त्र अलंकारको लाभ होला । परन्तु तपाईलाई दुराचारी काम पनि गराउला ।

२१ गते पछाडि बुधका तर्फाट आर्थिक व्यावसायिक सुख सुविधाको विस्तार होला । २६ गते पछाडि मंगलका तर्फाट पनि लाभैलाभ प्राप्त होला । शत्रुमाथि विजय प्राप्त होला ।