२०६५ साल » श्रावण महिना » मिथुन राशी
का कि कु घ ङ छ के को हा
यस महिनामा सूर्यले तपाईको जन्मराशिको दोस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईको धन नाश होला । रोग व्याधीले सताउला । कामकाजमा बाधा आउने योेग छ । कुनै मित्रजनसँग सम्बन्ध टुट्न सक्छ । परिवारमा कुनै सदस्य सहायक हुनेछन् । पतिपत्नीको सम्बन्ध ठीक रहनेछ ।
मंगल तेस्रो स्थानमा तपाईलाई धनको लाभ होला । कामकाजमा सफलता मिल्ला, शक्ति, पराक्रम बढ्ला, शत्रु नासिएलान् । सन्तुलित आहार विहार होला । परोपकारमा तन्मय बढ्ला । समाजसेवाको कामले तपाईको सम्मान बढ्ला । तपाईमा साहसको बृद्धि होला । बुध दोस्रो स्थानमा भएकाले धन रत्न आदिको लाभ होला । राम्रो मानिसको संगत होला । व्यावसायको विस्तारले मनमा आनन्द आउला । हास्य व्यंग विलास अध्ययन तथा अनुभवले महत्वपूर्ण काम बन्नेछ । शुक्र दोस्रो भएकाले धन वस्त्र आदिको लाभ होला । महिलावर्गबाट सुख सहयोगको प्राप्ति होला । वार्ता प्रवचन गर्ने शक्ति बढ्ला । मान पदोन्नति र स्वास्थ्यमा सुधार हुनेछ । शुभ समाचार र शुभ वार्ता हुनेछ । १६ गतेपछाडि शुक्रका तफृबाट तपाईलाई सुन्दर उपकरण्को लाभ होला । इष्टमित्रबाट सहयोग मिल्ला ।
२१ गतेबाट बुध पनि तेस्रो स्थानमा जानाले तपाईलाई शत्रु बाधाको सम्भावना छ । शक्ति बढ्ला । समाजका इज्जत थपिएला । दाम्पत्यजीवन सुखमा रहला । बन्धु बान्धवबाट सुख, सहयोग प्राप्त होला ।