२०६५ साल » श्रावण महिना » वृष राशी
इ उ ए ओ वा वी वु वे वो
यस महिनामा सूर्यले तपाईको जन्मराशिको तेस्रो स्थानको भ्रमण गर्दै हुनाले यस महिनामा सूर्यका तर्फाट तपाईलाइ लक्ष्मी प्राप्ति हुनेछ । भाइबाट विछोड होला । थोरै रीस उठ्ला । स्थान, मान, धनको लाभ होला । काम सिद्धि होला । मन हषिर्त रहला । पढाइलेखाइको काममा सफलता मिल्ला । दाम्पत्यजीवन सुखमय रहला । उद्योग व्यवसायमा शक्ति र साहस बढ्ला ।
मंगल चौथो स्थानमा भएकाले तपाईको स्थान परिवर्तन होला । व्यवसायमा सफलता सामान्य रहला । नोकरी छुट्ला । पदच्युत हुन सकिएला । समाजमा अपहेलित हुनुपर्ला । स्वास्थ्यमा गडबडी देखिएला । धनको अभाव होला । शत्रुबाधा होला । घरपरिवारमा मानसिक व्यथा होला ।
बुध ६ गतेबाट तेस्रो स्थानमा जानाले त्यसपछिको अवधिमा बुधका तर्फाट शत्रु भय होला । आफन्तमा विवाद होला । सामान्य मित्रसुख होला । तपाईको चरित्र राम्रो हुनुपर्ने होला । तपाईलाइ शुभ अशुभ दुवै प्रकारको फल मिल्ला । शुक्र तेस्रो स्थानमा भएकाले शुक्रका तर्फाट धनको लाभ होला । सुख सन्तोष मिल्ला । सामाजिक प्रतिष्ठा बढ्ला । आँटेका कामकाजहरु सफल होलान् । बस्त्र अलंकारको प्राप्ति होला । हास विलासको योग पर्ला ।
१६ गतेपछाडि शुक्रका तर्फाट मित्रले सुख सयहोग देलान् । साथीभाइको सहयोग मिल्ला । समाजमा इज्जत थपिएला । घर, जायजेथfm भूमि क्रय व्रि्रयबाट लाभ होला । मनमा पीडा रहला । मान्यजनबाट प्रोत्साहन प्राप्त हुनेछ । २१ गतेबाट बुध पनि चौथो स्थानमा जानाले कुटुम्ब परिवारबाट सुख सन्तोष मिल्ला । समयले साद देला । व्यापार व्यावसायबाट अधिकतम लाभ होला ।