आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

मीन
२०६५ साल » श्रावण महिना » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस महिनामा सूर्यले तपाईको जन्म राशिको एघारौँ स्थानमा भ्रमण गर्दै हुनाले धनमालको लाभ होला । व्यवसायमा सफलता सामान्य रहला । निष्पक्ष विचारको धारले समाजमा सकारात्मक प्रभाव पर्ला । जीवनसाथी वुद्धियुक्त हुनेछन् । तपाईमा सहनशीलताको मात्रा कमै होला । भाग्य पक्षको थोरै मात्रामा सहयोग होला । स्थानमानको प्राप्ति होला ।

मंगल ग्रह जन्मराशिमा हुनाले दुःख कष्ट होला, घरायसी झमेला बढ्ला । भय शोक पर्ला । आत्मीयजनको विछोड हुनेछ । रक्तदोषको विरामी हुनुपर्ला । वुध ग्रह तपाईको राशिको एघारौँ स्थानमा भएकाले धनको वृद्धि हुनेछ । स्वास्थ्यमा लाभको योग छ । व्यवसायमा सामान्य सफलता मिल्ला । सामाजिक प्रतिष्ठाको वृद्धि होला । सुख, यश, कुटुम्बहरुसँग मित्रता रहला । रोकिएको काम पूरा होला । प्रगति मार्गमा अगाडि बढ्ने प्रयास गर्नु राम्रो हुनेछ । लाभ र हानिको क्रम जारी रहला ।


शुक्र १२ गतेबाट एघारौँ स्थानमा जानाले तपाइलाई प्रायः वस्त्र अलंकारको लाभ होला । ऐर्श्वर्यको प्राप्ति हुनेछ । तपाईमा प्रताप अति बढ्ला । कामकाजमा सफलता मिल्ला । भोजनको प्राप्ति हुनेछ । सहकर्मी सुयोग्य हुनाले काम काज सम्पन्न गर्नमा सफलता मिल्ला ।

१७ गतेबाट बुध बाह्रौ र १८ गतेबाट मंगल दोस्रो स्थानमा जानाले दुवै ग्रहले प्रायः धनको नास गर्नेछ । कुटुम्बहरुबाट धोका होला । स्वास्थ्य तथा शिक्षाका लागि सफलता साधारण मिल्ला । धार्मिक कार्यमा मध्यम रहला । प्रयत्न गरेका नोकरी र व्पापारसम्बन्धी काममा सफलता मिल्ला ।