२०६५ साल » श्रावण महिना » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यस महिनामा सुर्यले तपाईको जन्मराशिको दोस्रो स्थानको भ्रमण गरेकाले यस महिनामा तपाईलाई भय त्रास पर्ला । धनको नाश होला । जिद्दि गर्ने बानीले धोका होला । परिवारमा कलह होला । अपमान सहनुपर्ला । आँखाको रोग, दोषको सम्भावना छ । गर्न लागेको काम विफल होला ।
मंगल ग्रह तपाईको राशिको चौथो स्थानको भ्रमण गर्दै हुनाले तपाईलाई अपमानको प्राप्ति होला । व्यवसायमा सामान्य सफलता मिल्ला । स्थान नाशको योग छ । नोकरी छुट्न सक्ला । शत्रु वृद्धि होलान् । धनमा कमी आउला । बन्धुबाट दुःख कष्ट होला । अशुभ काममा मन लाग्ला । रक्तचाप उदर पीडा आदि होला ।
बुधका स्थानका प्रभावले तपाईलाई धनको लाभ होला । र्सवदा आनन्दको प्राप्ति होला । आफन्तले सक्दो सहयोग गर्लान् । राम्रो मान्छेको संगत होला । इष्टमित्रको सहयोगको सम्भावना छ । खानपानमा राम्रो हुनुपर्ने हो ।
शुक्र तपाईको जन्मराशिमा भ्रमण गरेकाले तपाईलाई सबै प्रकारको सुख होला । धनको प्राप्ति होला । साथीभाइले सहयोग गर्लान् । शत्रु नासिएलान् । परन्तु दुराचारी काममा तपाईको मन जाला । १२ गतेबाट शुक्र दोस्रो स्थानमा भ्रमण गरेकाले भन, वस्त्र, अलंकारको लाभ होला । मान सम्मानको प्राप्तिको पनि सम्भावना छ । शरिरको स्वास्थ्य ठीक रहला । महिलाबाट सहयोग होला ।
१७ गतेबाट बुध तेस्रो स्थानमा जानाले शत्रुको भय पर्ला । कुटुम्बहरुसँग विवाद होला । धनको हानि होला । तपाईमा राम्रो चरित्र आउला । १८ गतेपछाडि पाँचौ मंगलका प्रभावले आक्रमण होला । मनमा चिन्ता पर्ला । स्वजनमा कलह होला । शत्रुबाधा, धनको हानि होला ।