२०६५ साल » श्रावण महिना » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस महिनामा सुर्यले तपाईको जन्मराशिको तेस्रो स्थानको भ्रमण गरेकाले तपाईलाई श्री प्राप्ति होला । धनको लाभ होला । स्थान प्राप्तिको सम्भावना छ । सम्मानमा वृद्धि होला । शत्रुबाट विजय भए पनि भाईबाट विछोड होला । अहंकार शक्ति र साहस बढ्ला । मानसम्मान मिल्ने छ । व्यवसायबाट पनि सन्तोषजनक लाभ होला ।
मंगल ग्रह तपाइको राशिको पाँचौ स्थानको भ्रमण गर्दै हुनाले तपाईलाई शोक चिन्ता आदि पर्नसक्ला । धनको नाश होला । ज्वरो आदि अस्वस्थ्ताको सम्भावना छ । परिवारका सदस्यका कारणले हानि नोक्सानीको सम्भावना छ । शत्रुले पीडा दिन सक्लान् ।
बुध तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाई शत्रुबाधा पर्ला । कुटुम्बसँग विवाद होला । धनको हानि होला । तर पनि तपाईको बुद्धि राम्रो होला । राम्रो चरित्र होला । सहयोग गर्ने मित्रहरु पनि होलान् ।
शुक्रले तपाईको राशिको दोस्रो स्थानको भ्रमणमा भएकाले तपाईलाई धनको आर्जन गर्ने मौका पर्ला । महिलामा लागि सुख सन्तोष होला । मान यशको प्राप्ति होला । शरिर आरोग्य होला । वस्त्र अंलकारको प्राप्ति होला ।
१२ गतेबाट शुक्र तेस्रो स्थानमा जानाले शक्ति साहस बढ्ला । साहसको कारण काम सफल बन्ला । घरायसी कामकाजले सफल हुनमा सहयोग गर्ला । मालसामान उपकरण आदिको लाभ होला ।
१७ गतेबाट बुध ग्रह चौथो स्थानमा जानाले अब धनको लाभ होला । माता मित्रजनबाट सुख होला । गृहभूमिको लाभ होला । मान्यजनबाट आदर होला । मान्यजनको सहयोगको प्राप्ति होला । समयले अवश्य पनि साथ देला । १८ गतेबाट मंगल छैठौँ स्थानमा जानाले तपाईलाई कुनै मुद्दा पर्नसक्ला । शत्रुको षड्यन्त्र होला । आर्थिक लाभको योग छ । प्रख्याति प्राप्ति होला । शुभ विचार आउला ।