२०६५ साल » श्रावण महिना » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यस महिनामा सूर्यले तपाईको जन्म राशिको चौथो स्थानको भ्रमण गर्दै हुनुहुन्छ । चौथो स्थानमा रहेका सूर्यका तफृबाट तपाईको मानहानी हुनसक्ला । स्वास्थ्यमा समस्या देखिएला । व्यवसायमा बाधा अड्चन आउन सक्ला तर तपाई लागेको कामबाट बिचलित हुनु हुदैन । सबै काममा केही न केही विध्नवाधा पर्नेछ । भौतिक जीवनप्रति सावधान रहनुहोला । मंगल पाँचौ स्थानमा भएकाले पुत्रका तर्फाट धनको लाभ होला । समाजमा इज्जत थपिएला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । समयले साथ देला । आँटेका कामकाजहरु पूरा होलान् । मानसम्मानको प्राप्ति होला । दाम्पत्यजीवन सुखमय रहला । दर्ुजनको संगतबाट बच्नुपर्नेछ । बुध ग्रह ६ गतेबाट स्थानमा जानाले बुधका तर्फाट तपाईलाई शुभ फलको प्राप्ति होला । आमा तथा मित्रजनको सुख सहयोग होला । जग्गा क्रय व्रि्रयको योग पर्ला । बाहनका तर्फाट सुख सामान्य होला । कुनै काममा धेरथोर कठिनाइ पर्ला । शुक्र पनि चौथो स्थानमा भएकाले सुख सन्तोषको प्राप्ति होला । महिलाको सहयोगले काम सम्पन्न होला । कामकाज गर्दा, हिँडडुल गर्दा सावधाी अपनाउनु राम्रो हुनेछ । जिद्दी गर्ने बानी नियन्त्रण गर्नु होला । घरेलु कामकाजमा सफलता मिल्ला । जीवनसाथीसँगको सम्बन्ध सामान्य रहला ।
१६ गतेपछाडि शुक्रका तर्फाट र परिवारका तर्फाट सन्तोष मिल्ला । समयले साथ देला । शत्रुबाट डराउनु पर्दैन । आर्थिक लेनदेनको काममा केही धोका पर्न सक्ला तर पनि रोजगारको बाटो खुल्नेछ । सामूहिक काममा उत्साह थपिएला । उत्साहपूर्वक गरेको काममा सफलता मिल्नेछ ।