२०६६ साल » आषाढ महिना » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस महिनामा सुर्यले तपाईको जन्मराशिको तेस्रो स्थानमा भ्रमण गदै छन् । तेस्रो स्थानमा रहनाका कारणले तपाईलाइ प्रशस्तै लाभ होला । श्री प्राप्ति होला । बन्धुभाइबाट ताप खप्नुपर्ला । कतैको तीर्थयात्राबाट धनको लाभ होला । समग्रमा तपाईलाइ विजयको प्राप्ति होला । समयले अवश्य पनि साथ दिनेछ । दाम्पत्यजीवन सुखमय रहला । व्यावसायिक सफलताले मन हषिर्क रहला ।
मंगल मन्द गतिले पाँचौ स्थानमा जानाले तपाईलाइ धनको लाभ हुनेछ । शक्ति र साहस बढ्नेछ । शत्रुका सामु कोही पनि पर्ने छैनन् । तर पैसाचाँहि जति कमाए पनि वालुवामा पानी हालेजस्तो होला । पढाइलखाइको काममा सफलता अवश्य पनि मिल्नेछ । काम गर्दा बचेर गर्नु राम्रो हुनेछ ।
बुध ग्रह तपाइको राशिको चौथो स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाइ धनको लाभ होला । स्वजन वा कुटुम्बहरुका तर्फबाट सुख सहयोग प्राप्ति अवश्य पनि होला । पठनपाठनमा रुचि बढ्ला । भाषण प्रवचनमा पनि रुचिको सम्भावना छ । तपाईको इज्जत बच्ला । शुभ वार्ता होला । शुभ समाचारको पनि सम्भावना छ ।
शुक्र ग्रह तपाईको राशिको छैठौँ स्थानमा भएकाले शुक्रबाट पनि लाभ उपहार आदिको सम्भावना छ । कसैसँगको दान दातव्यको प्राप्ति होला । स्त्री तथा महिलाहरुका तर्फबाट सुख सन्तोष मिल्ला । बोलीमा कोमलता आउला । अनुहार मनोहर देखिएला । तपाईलाइ हर्षे गद्गद् हुने अवस्था पनि आउला ।
१७ गतेबाट बुध तेस्रो स्थानमा जानाले तपाईलाइ शत्रु बाधा पर्न सक्ला । भाइबहिनीबाट सामान्य सुख होला । व्यापार तीर्थ पर्यटन भ्रमणको योग छ । यात्रा लाभदायी होला । कृषि र नर्सरीसम्बन्धी कामकाजमा रुचि बढ्ला । मान सम्मान बढ्ला । परोपकारको काममा तपाईको मन लाग्ला ।