आज : २०६६ साल, फागुन २७ गते शुक्रवार

मेष
२०६६ साल » आषाढ महिना » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यस महिनामा सुर्यले तपाइको जन्मराशिको दोस्रो स्थानको भ्रमण गर्दै छ । जसले गर्दा सुर्यका तर्फबाट यस महिनामा तपाईलाइ भय त्रासको सम्भावना छ । काम गर्ने जाँगरमा कमी आउला । आँटेका काम समयमा पूरा नहुनाले मन खिन्न होला । व्यापार व्यवसाय र नोकरी आदि कर्म क्षेत्रमा सन्तोषजनक सफलता मिल्ला खास काममा बिध्नवाधाको अनुभुति होला ।

चौथो मंगलका तर्फबाट चाँहि शत्रु बाधा पर्न सक्ला । मित्रजनबाट धोका हुनसक्नेछ । सत्कर्मले मात्र राहत प्राप्तिको सम्भावना छ । स्वास्थ्य रक्षामा सतर्कता अपनाउनु राम्रो होला । कामकाजमा अल्छी लागेर आउला । स्वास्थ्यमा समस्या देखिएला । स्वास्थ्य रक्षाका लागि सतर्क रहनुहोला । कामकाज गर्न अल्छी लागेर आउला । आफन्तले पनि सक्दो मात्रामा सहयोग नगर्लान् । असफलताले मन असन्तोष रहला । बुध दोस्रो स्थानमा भएकाले तपाइलाई त्यति शुभ छैन । व्यावसायिक महत्वको समय छ । यताउताबाट सक्दो सहयोग प्राप्त होला । प्रस्तावित योजनामा आवश्यकता अनुसार सुधार गर्नुपर्नेछ । भाइबन्धुको व्यवहारबाट दिक्दार रहनुपर्ला ।

शुक्र तपाइको राशिको दोस्रो स्थानको भ्रमण गरेकाले सामान्य धनको लाभ होला । कुटुम्बबाट सुख सहयोग प्राप्त होला । आवश्यकता अनुसार सफलता मिल्ला । तपाइको लोकप्रियता बढ्दै रहला । इज्जत बढ्ने योग छ । ३० गते पछाडि शुक्रका तर्फबाट तपाइको शक्ति र साहस बढ्ला । उद्योग व्यवसायहरुमा सफलता मिल्ला । व्यापार आर्थिक कारोबारसम्बन्धी काम सफल होला । मित्रजनबाट सुख सहयोग होला । पारिवारिक समस्या यथावत रहला ।