आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

धनु
२०६५ साल » ज्येष्ठ महिना » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यस महिनामा सुर्यले तपाईको राशिको छैठौँ स्थानको भ्रमण गरेकाले शत्रुहरु नाश होलान् । स्वास्थ्य लाभ होला । मन प्रशन्न रहला । तपाईमा शक्ति बढ्ला । मान यश बढ्ला । राज्यपक्षबाट सहयोग होला । साथी र मित्रहरुबाट सुख सहयोग रहला । कामकाजमा सफलता मिल्ला । चारैतिरबाट शुभ फल प्राप्त होला ।

मंगल आठौँ स्थानमा रहेकाले चोट खटिरा आदिको भय पर्ला । साथीजस्तो मानिस पनि शत्रु हुनेछन् । धनको हानि होला । कतैको यात्रा कष्टकर हुनेछ । पद गुम्न सक्ला । नोकरीमा बाधा पर्ला । सामाजिक सेवा गर्नाले समस्या समाधानमा सहयोग पुग्ला ।

बुध उल्टो गतिबाट छैठौँ स्थानमा जानाले तपाईलाइ विपत्ति पर्न सक्ला । शत्रु बृद्धि हुनेछन् । धनको हानि होला । आफन्तबाट धोका होला । स्त्रीमा कष्टको योग छ । ३० गतेबाट शुक्र सातौँ हुनाले शोक चिन्ता पर्न सक्ला । कडा परिश्रमले मात्र जीवन निर्वाह होला । स्वास्थ्यको विषयमा धनको खर्च होला ।