२०६५ साल » ज्येष्ठ महिना » वृश्चिक राशी
तो ना नी नू ने नो या यि यु
यस महिनामा सुर्यले तपाईको जन्मराशिको सातौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाईलाइ कतैको यात्रा गर्नुपर्ला । यात्रा फलदायी होला । पेट तथा गुमार्गमा रोग हुन सक्ला । कार्यका बाधा होला । सम्मानमा हानि पर्ला । पारिवारिक वादविवादको सम्भावना रहला । मनमा अनेक शंका उपशंका रहला ।
मंगल तपाईको राशिको नवौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाईले शत्रुबाट हार खानुपर्ला । धनको नाश होला । शरिर निर्बल हुनेछ । अपमानित हुनुपर्ला । धातु पिसाबको असर होला । गर्मीले सताउला । रोजगारीको कामबाट पछि हट्नुपर्ला । व्यवसायको ठाँउबाट पनि पछि हट्नुपर्ला । मनमा चन्चलता रहला ।
बुध ग्रह उल्टो गतिबाट सातौँ स्थानमा प्रवेश गरेकोले तपाईलाइ व्यर्थैको विरोध र झगडा होला । सुखको हानिको सम्भावना छ । धनको अभाव रहला । राजाको भय रहला । शरिर निस्तेज होला । तपाईलाइ अन्य अशुभ फल देला । रोग शोक र चिन्ताले सताउला ।
शुक्र ६ गतेबाट साँतौ स्थानमा जानाले स्त्रीको कारण पीडा होला । स्त्रीमा कष्ट, शोक सन्ताप पर्ला । कडा परिश्रमबाट जीवन निर्वाह होला । मानसिक तनाबले सताउला । ३ गतेबाट शुक्र आठौँ स्थानमा जानाले अब तपाईलाइ केही धनको लाभ होला । केही दुःख नाश होला । व्यापारको अवस्था सामान्य रहला । सफल कामका शुरुवात होला ।