आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

तुला
२०६५ साल » ज्येष्ठ महिना » तुला राशी
र री रु रे रो ता ती तू ते
यस महिनामा सुर्यले तपाइको जन्मराशिको आठौँ स्थानमा भ्रमण गर्दै हुनाले सुर्यका तर्फबाट कान्तिक्षय होला । पराक्रममा कमी आँउला । व्यवसायको अवस्था पनि सामान्य रहला । आफन्तले सहयोग नगर्लान् । आफन्तसँग विछोड होला । कामकाजको प्रयासमा असफलता मिल्ला । सुखको हानि होला । मनमा हैरानी होला । जसले हतास निराश हुनुपर्ला ।


मंगल दसौँ स्थानमा भएकाले तपाईलाइ शुभ लाभ होला । तापनि विध्न बाधा पर्न सक्ने सम्भावना छ । रुखो अन्तको भोजन होला । मती दुष्ट होला । तर पनि धनको भने लाभ होला । यस राशिका स्वास्थ्य र सैनिक सेवामा काम गर्नेहरुलाई लाभ होला ।

बुध उल्टो गतिबाट आठौँ स्थानमा जानाले तपाईलाइ धनको लाभ होला । व्यापारमा वा अन्य व्यवसायमा पनि लाभ सामान्य रहला । मन अशान्त होला । खानामा अरुचि पैदा होला । झुठो दोष लाग्ला । बुद्धि भ्रष्ट हुनेछ । कतैको भ्रमण वा यात्रा हुनसक्ला ।

शुक्र ६ गतेबाट आठौँ स्थानमा प्रवेश गरेकाले धनको लाभ होला । केही दुःखको नाशको सम्भावना छ । तपाईको बोली छुचो होला । केही मात्रामा कष्ट पनि भोग्नुपर्ला । तपाईलाइ मानसिक असन्तोष होला । कर्जा लिनेदिने काममा सावधान रहनुपर्ला । ३० गतेबाट शुक्र नवौँ स्थानमा जानाले वस्त्र, धन, गहना आदिको लाभ होला । चिताएको काम पूरा होला । आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्ला ।