आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कन्या
२०६५ साल » ज्येष्ठ महिना » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यस महिनामा सुर्यले तपाईको जन्मराशिको नवौँ स्थानमा भ्रमण गर्दै हुनाले कान्तिक्षय होला । स्वजनमा विवादको सामना गर्नुपर्ला । कामकाजमा असफलता प्राप्त होला । दुर्भाग्यको सामना गर्नुपर्ला । सुखको अभाव होला । मनको हैरानीको सामना गर्नुपर्ला । क्रोध र जोशले मन अशान्त होला ।

मंगल ग्रह तपाइको राशिको एघारौँ स्थानमा भ्रमण गर्दै हुनाले धनको लाभ होला । शक्ति र साहसको वृद्धि होला । विनाकाममा परिश्रम गर्नुपर्ला । दुष्ट चेष्टा होला । स्वास्थ्यमा गडबडीको सामना गर्नुपर्ला । सुख भोजनको प्राप्ति होला । राज्यका तर्फबाट शक्ति सम्पन्नता मिल्ला ।

वुध नवौँ स्थानमा भएकाले तपाईलाइ आर्थिक लाभ गराउला । पुत्र परिवारको सुख विकास होला । मन अशान्त रहला । खानपानमा अरुचि होला । झूठा दोषको सामना गर्नुपर्ला । नराम्रो बचन गर्नुपर्ला ।

शुक्र ६ गतेबाट नवौँ स्थानमा जानाले बस्त्र अलंकारको प्राप्ति होला । विलासी वस्तुहरुको लाभ होला । इच्छाअनुसारको चीज अवश्य पनि मिल्ला । स्वास्थ्यमा लाभ होला । सुख सम्मान होला । ३० गतेबाट शुक्र दसौँ स्थानमा जानाले तपाईलाइ कलह पीडा आदिको सम्भावना छ । मानसिक व्यथा होला । धन हानीको सम्भावना छ । शत्रुको भय पर्ला । परिश्रम ज्यादा गर्नुपर्नेछ ।