आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कर्कट
२०६५ साल » ज्येष्ठ महिना » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यस महिनामा सुर्यले तपाइको जन्म राशिको एघारौँ स्थानको भ्रमण गर्दै हुनाले धनको लाभ होला । पराक्रम बढ्ला । शत्रुहरु पराजित होलान् । दाम्पत्य जीवन सुखमय रहला । अनुहार तेजिलो होला । उद्योग व्यवसायमा र जागिर जहाँ भए पनि पदोन्नति होला ।

मंगल जन्मराशिमा भएकाले तपाईलाई शोक सन्ताप पर्ला । कसैसँग विछोड हुन सक्ला । उच्च रक्तचापका कारण बिरामी परिएला । दुर्जनहरुले तपाईलाई दुःख कष्ट देलान् । अथिक दौडधुप गर्नुपर्ला । शरिर थकि होला ।

बुध उल्टो गतिबाट एघारौँ स्थानमा जानाले उल्टो कामबाटै धन, वस्त्र र अलंकारको लाभ होला । स्वास्थ्यमा सुधारको सम्भावना छ । मान सम्मान मिल्ला । कुटुम्बहरुको सहयोग होला । आतेजाते र मनोरञ्जनले मन खुसी रहला ।

६ गते पछाडि शुक्र एघारौँ स्थानमा जानाले धेरै लाभको अवसर मिल्ला । कामकाजका सफलता मिल्खा आफन्तले सहयोग गर्लान् । भोजन मिल्ला । बढा मानिसको परामर्श मिल्ला । भूमि क्रय विक्रय गर्ने मौका पर्ला । ३० गते पछाडि शुक्र बाह्रौँ स्थानमा जानाले खर्च बढ्नेछ ।