आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

वृष
२०६५ साल » ज्येष्ठ महिना » वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो
यस महिनामा सुर्यले तपाइको जन्मराशिको प्रथम स्थानको भ्रमण गर्दै छन् । त्यसकारण सुर्यका तर्फबाट यस महिनामा स्थानको हानि होला । आफू बसिरहेको ठाँउ छोड्नु पर्ने अवस्था आउन सक्ला । व्यर्थैमा कतैको यात्रा गर्नुपर्ला । यात्रामा भने दुःख नै होला । थकान आलस्यता प्राप्त होला । गर्मीको पीडा होला । बहुमुल्य वस्तु खरिदमा अनाबश्यक खर्च बढ्ला । परिश्रमअनुसारको सफलता चाँहि अवश्य मिल्नेछ । रहन सहन र दिनचर्यामा गडबडी हुन सक्ला ।

मंगल ग्रह चाँहि तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाइको यात्रा वा प्रवासमा लाभ होला । व्यवसायमा सफलता मिल्ला । सामाजिक प्रतिष्ठा थपिएला । विसतारै आवश्यकताको पूर्ति होला । पारिवारिक कार्य हितकारी होला । प्रयास गर्नाले नोकरीमा बढुवा होला । सरुवाको सम्भावना पनि छ ।

बुध मन्द गतिले जन्म राशिमा भ्रमण गर्दै हुनाले बुधका तर्फबाट स्थानको नाश होला । भयबन्धन पर्न सक्ला । बहुमुल्य वस्तुको क्रय विक्रयमा खर्च बढ्ला । परिश्रमअनुसारको सफलता कमै मात्रामा मिल्ला । दुष्ट मानिससँग र्सतक हुनुपर्नेछ ।

शुक्र ६ गतेबाट जन्मराशिका आएकाले पारिवारिक कार्य हितकारी होला । महिलाबाट सुख सहयाउगको सम्भावना छ । लामो धनको प्राप्ति होला । परिश्रम गर्नाले लाभ होला । कामकाजको क्षेत्र उत्तम रहला । सामाजिक प्रतिष्ठा थपिएला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । दैनिक कामकाजमा व्यस्त रहनुपर्ला ।

३० गतेबाट शुक्र दोस्रो स्थानमा जानाले धनको लाभ होला । व्यापारमा वा अन्य व्यवसायमा पनि सफलता सामान्य मिल्ला । दाम्पत्य जीवन सामान्य रहला । आफन्तबाट सुख सहयोगको प्राप्ति होला । मानसिक हर्षहोला । शरिरमा आराम हुनेछ ।