आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कुम्भ
२०६५ साल » ज्येष्ठ महिना » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यस महिनामा सुर्यले तपाईको जन्मराशिको चौथो स्थानको भ्रमण गर्दै हुनाले अपमान हुन सक्ला । रोग व्याधीको सामना गर्नुपर्ला । तपाईलाइ व्यवसायमा बाधा अड्चन आउन सक्ला । परिवारमा कलहको सम्भावना पनि रहला । मानमा सुख शान्ति नहोला । आँटेका काम समयमा पूरा नहुनाले मन खिन्न होला । बन्धुहरुमा ब्रि्रह होला । प्रवासमा मान हानिको सम्भावना छ । मनमा अशान्ति होला ।

मंगल ग्रह तपाइको राशिको छैठौँ स्थानमा भ्रमण गरेकोले तपाईको रोग शोक र कलहको निराकरण होला । धन कीर्तिको शुभलाभ होला । शुभक काम गर्ने विचार आउला । पुत्र परिवारका तर्फबाट सुख आनन्द होला । तपाईका शत्रुहरु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार आउला । समाजमा इज्जत थपिएला ।

बुध ग्रह उल्टो गतिबाट चौथो स्थानमा जानाले तपाईलाई धन वस्त्र आदिको पनि लाभ होला । मित्रजनबाट सुख सहयोग मिल्ला । भूमिको सम्मान होला । मान प्रतिष्ठाको पनि वृद्धि होला ।

शुक्र ६ गतेबाट चौथो स्थानमा जानाले पारिवारिक सुख होला । इष्टमित्रहरुको सहयोग मिल्ला । महिलावर्गबाट मद्यत प्राप्त होला । आर्थिक सामाजिक र राजनैतिक कार्य सफल होला । आफन्तबाट उद्योगधन्दाको काममा र्सवसम्मत सहयोग प्राप्त होला । मान सम्मानको प्राप्ति होला । पोषणयुक्त आहारको व्यवस्था होला ।

३० गतेबाट शुक्र पाँचौ स्थानमा जानाले तपाईका परिवारका तर्फबाट सुख सहयोग होला । व्यवसायमा सफलता मिल्ला । आफन्तको सहयोग प्राप्त होला । सामाजिक प्रतिष्ठा बढ्ला । आपसमा प्रेम भावना रहला । कुटुम्ब र मित्रहरुका तर्फबाट सुख होला । नोकरी व्यवसायको वृद्धि होला । अन्न धनको प्राप्ति होला । अध्ययन परिक्षा प्रतियोगितामा सफलता मिल्ला ।