२०६६ साल » माघ महिना » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यस महिनामा सुर्यले तपाईको जन्मराशिको दसौँ स्थानको भ्रमण गर्दै हुनाले तपाईलाइ कर्मको प्राप्ति होला । इच्छा पूरा होला । न्यायालय तथा नयाँ सम्पत्तिसम्बन्धी कामकाजमा सफलता मिल्ला । महिलाको स्वास्थ्यमा गडबडी होला । मंगल ग्रह तपाइको राशिको बाह्रौ स्थानमा भ्रमण गर्दै हुनाले तपाइको कार्य प्राप्तिको सम्भावना छ । ठूला कार्यमा सफलता मिल्ला । चारैतिरबाट प्रसन्नता नै प्रसन्नता हात लाग्ला । तपाइको अभीष्ट सिद्ध होला । स्वास्थ्यमा केही समस्या देखिएला । शुभ चिन्तकबाट सहारा लिनुपर्ला । बुध ग्रह तपाईको राशिको दसौँ स्थानमा भएकाले तपाईलाई सबै प्रकारको सुख प्राप्त होला । नयाँ पद मिल्ला । बोलीमा चतुर्याइले शत्रुमाथि विजय होला । सुख सन्तोष हुनेछ । शत्रुपक्षको पड्यन्त्र विफल होला । शुक्र ग्रह ६ गनेबाट दसौँ स्थानमा प्रवेश गरेकाले तपाईलाइ परिश्रमले मात्र सफलता मिल्ला तापनि कलह र मानसिक हानि होला । कुनै नयाँ कामको योजना गर्नु राम्रो हुनेछ । ३० गतेबाट शुक्र एघारौ स्थानमा भ्रमण गरेकोले तपाइलाई पर्याप्त धनको लाभ होला । प्रताप बढ्ला । धनको हानि होला । काममा सफलता मिल्ला । धन रत्न अलंकार आदिको वृद्धि होला ।