आज : २०६६ साल, फागुन २७ गते शुक्रवार

मिथुन
२०६६ साल » माघ महिना » मिथुन राशी
का कि कु घ ङ छ के को हा
यस महिनामा सुर्यले तपाइको जन्मराशिको बाह्रौँ स्थानको भ्रमण गर्दैछन् । बाह्रौँ स्थानमा रहनाका कारणले सुर्यका तर्फबाट धनको हानि होला । कलहको सामना गर्नुपर्ला । व्यापारमा वा अन्य व्यवसायमा सफलता सामान्य रहला । मित्रजनमा कलह होला । ज्वरो आदिको कारणले स्वास्थ्यमा असर पर्ला । तपाईलाइ आर्थिक संकट पर्ने सम्भावना छ । पीडाको सामना गर्नुपर्ला । मानसिक तनाबको पनि सम्भावना छ । मित्रजनबाट निरास हुनुपर्ला । गर्मी र पित्तको असर होला । मंगले तपाइको राशिको दोस्रो स्थनमा भ्रमण गरेकाले तपाईलाइ कुटुम्ब तथा आफन्तबाट धोका पर्ला । धन रत्न आदिको नाश होला । कठोर वाणी बोल्नाले हानि पुग्ला । दुर्जनको संगत हुन सक्ला । राजा, चोर र आगोको भय छ । बुधका तर्फबाट शत्रुबाधा होला । तपाइको कतै हार खानु पर्ला । धन सुखको हानि होला । चित्तमा सन्ताप होला । खानामा अरुचि होला । कामकाजहरु अस्तव्यस्त रहलान् । परिवारमा मनको बेथा होला । शुक्र ग्रह ६ गतेबाट बाह्रौँ स्थानमा जानाले शुक्रबाट धनको लाभ होला । वस्त्र अलंकारको लाभको पनि सम्भावना छ । तपाइको दिनचर्या सामान्य रहला । तपाइको सहकर्मी राम्रो भए पनि योग्य हुनेछैन । ३० गतेबाट शुक्र जन्मराशिका आउनाले शत्रु सेलाउनेछन् । सबै प्रकारको सुखको प्राप्ति होला । तर आफु दुराचारी जस्तो हुनुपर्ला । यस महिनामा शुभ अशुभ दुवै फल प्राप्त होला ।