२०६६ साल » माघ महिना » मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस महिनामा सुर्यले तपाईको जन्मराशिको पाँचौ स्थानको भ्रमण गरेर तपाईलाइ दुःख र मानसिक चिन्ता रहला । व्यवसायमा पनि लाभ सामान्य होला । रोग र मोहका कारण मन वेचैन होला । दिन असहाय हुनाले व्याकुल हुनुपर्ला । तपाईलाइ सुर्यले राम्रो फल दिने छैन । केही मात्रामा पेटसम्बन्धी असर पनि पर्न सक्ला । मंगल सातौँ स्थानमा भएकाले तपाईका आफन्तमा हानि होला । आफ्नो परिवारसँग कलह होला । आँखा पेटसम्बन्धी रोगले सताउला । भाइ सन्तानले तपाईको रिस गर्नेछन् । तपाईले दुःख कष्टको सामना गर्नुपर्ला । देखिने र नदेखिने रोग लाग्न सक्ला । बुध ग्रह बक्री भएर उल्टो गतिबाट पाँचौ स्थानमा जानाले तपाईका परिवारका सदस्यसँग आकस्मिक झगडा पर्न सकला । गर्मीले शरिर शिथिल होला । कतैको भ्रमण हुने मौका पर्ला । शुक्र ६ गतेबाट पाँचौ स्थानमा जानाले पुत्र परिवारबाट लाभ होला । कुटुम्ब थपिएलान् । समाजममा इज्जत बढ्ला । दाम्पत्यजीवन सुखमय रहला । नोकरी मिल्ला । धन र अन्नको लाभ होला । तर अस्त शुक्र हुनाले यी फलहरु प्राप्त हुन कठिनाइ पर्न सक्ला । यस महिनामा अरु ग्रह तपाईका लागि शुभ छैनन् । ३० गतेबाट शुक्र छैठौँ स्थानमा जानाले तपाईलाइ विपत्ति पर्न सक्ला । परिवारबाट धोका पर्ला । धन र अन्नको लाभ होला । रोग र शोकले सताउला । तपाईलाइ मानसिक चिन्ता पर्ला ।